खेलकुद

नेपाली राष्ट्रिय क्रिकेट टोली आज ओमान जाँदै

इकागज |
भदौ ८, २०७८ मंगलबार ७:५० बजे

फाइल तस्‍बिर

काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेट टोली आज (मंगलबार) ओमान जाँदै छ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली क्रियकेट टिम आज ओमान जान लागेको हो । बिहान ८ बजे सलाम एयरबाट ओमान प्रस्थान गर्ने क्‍यानले जनाएको छ । ओमान भ्रमणका लागि क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा १७ सदस्यीय टिमको घोषणा गरिसकेको छ । 

वर्ल्डकप लिग–२ अन्तर्गत ओमानमा हुने प्रतियोगितामा घरेलु टोलीसहित अमेरिकाविरुद्धको एकदिवसीय सिरिजको तयारीमा रहेको नेपालले त्यसअघि पपुवा न्यूगिनीसँग खेल्नेछ।



Author

थप समाचार
x