खेलकुद

ग्रिसकी अब्बल साक्कारी

इकागज |
भदौ २४, २०७८ बिहीबार १३:५० बजे

काठमाडौँ- ग्रिसकी मारिया साक्कारी यूएस ओपनको अन्तिम चारमा पुगेकी छन् । बुधबार राति भएको महिला एकलतर्फको क्‍वार्टरफाइनलमा साक्कारीले चेक गणतन्त्रकी कारोलिना प्लिस्कोभालाई ६-४, ६-४ ले हराइन् । 

सन् २०१६ मा युएस ओपनकी उप–विजेता प्लिोस्कोभामाथि जित दर्ता गरेपछि साक्कारीले आफ्नो सफलता ग्रिसका नागरिकप्रति समर्पण गरिन् । किनभने आगलागीका कारण ग्रिसमा हजारौँ नागरिक प्रभावित भएका छन् । 


यसै वर्षको विम्बल्डनको फाइनलमा पनि पुगेकी प्लिस्कोभाले साक्कारीविरुद्धको खेलमा तीन डबल फल्ट गरिन् भने २० पटक अन्य गल्ती गरिन् । जसकारण साक्कारीले खेलमा सजिलै नियन्त्रण जमाइन् । 

‘मैले आज राम्रो सर्भिस गरे जस्तो लाग्छ । म दबाबमा पनि थिए । विशेषगरी खेलको उत्तर्राद्धमा । यद्यपि मैले धैर्यता राख्दै जित निकाल्न सकेँ,’ साक्कारीले भनिन्, ‘यो जित ग्रिसका नागरिकका लागि हो । जसले निकै अफठ्यारो स्थितीको सामना गर्नु परेको छ ।’ 

विश्व नम्बर चार साक्कारीले सेमिफाइनलमा बेलायतकी इम्मा राडुकानुको सामना गर्नेछिन् । इम्माले जारी प्रतियोगितामा एक सेट पनि हारेकी छैनन् । ‘इम्माले कस्तो खेलिरहेकी छन्, हामी सबैले देखिरहेकै छौँ । तर म उनीसँगको प्रतिस्पर्धालाई लिएर चिन्तामा छैन । यहाँसम्म आइपुग्न मैले निकै राम्रा विपक्षीहरूलाई हराएकी छु । त्यसकारण सेमिफाइनलमा पनि बलियो खेल देखाउँछु भन्नेमा ढुक्क छु,’ साक्कारीको भनाए थियो । 


Author

थप समाचार
x