खेलकुद

नेपालका लागि ‘डेब्युटेन्ट’द्वय गोल

इकागज |
भदौ २४, २०७८ बिहीबार १८:० बजे

काठमाडौँ- दशरथ रंगशालामा जारी मैत्रीपूर्ण खेलमा नेपाली महिला राष्ट्रिय टिमले बंगलादेशविरुद्ध २–० को अग्रता लिएको छ । पहिलो हाफ सकिँदा नेपालका लागि सविता राना र प्रिती राईले एक–एक गोल गरे । 

मिडफिल्डर सविताले नेपालका लागि १४ औँ मिनेटमा गोल गरेकी थिइन् । त्यस्तै, नियमित स्ट्राइकर सावित्रा भण्डारीको स्थानमा खेलिरहेकी प्रितीले २३ औँ मिनेटमा नेपालको अग्रता दोब्बर बनाइन् । दुवै खेलाडीले यसै खेलबाट नेपालको सिनियर टिमबाट डेब्यु गरेका हुन् । नेपालका लागि सविता, प्रिती बाहेक विमला चौधरीले डेब्यु गरिन् । 



Author

थप समाचार
x