खेलकुद

रोनाल्डोकाे ड्रिम डेब्यु

इकागज |
भदौ २६, २०७८ शनिबार २१:५१ बजे

काठमाडौँ - ओल्ड ट्राफोर्डमा दोस्रो पटक डेब्यु गरेका क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा न्युकासल युनाइटेडलाई ४-१ ले पराजित गरेको छ । युनाइटेडको जितमा रोनाल्डोले बाहेक ब्रुनो फर्नान्डेज र जेसी लिंगार्डले एक–एक गोल गरे । न्युकासलका लागि जाभियर मान्क्यिलोले एक गोल फर्काए । 

रोनाल्डोले पहिलो गोल पहिलो हाफको आतिरित्त समयमा गरे । दोस्रो गोल भने उनले ६२ औँ मिनेटमा गरे । पोर्चुगलकै अर्का खेलाडी ब्रुनोले ८० औँ मिनेटमा युनाइटेडको तेस्रो गोल गरे भने लिंगार्डले दोस्रो हाफको आतिरित्त समयमा पउल पोग्बाको पासमा गोल गरे । ब्रुनोका लागि पनि पोग्बाले नै पास उपलब्ध गराए । 


१२ वर्षपछि प्रिमियर लिग फर्किएका रोनाल्डोले गोल गरेसँगै युनाइटेड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसले चार खेलबाट १० अंक बनाएको छ ।

पहिलो बसाइमा ८४ लिग गोल गरेका रोनाल्डो युनाइटेडको इतिहासमै पाको गोलकर्ता बनेका छन् । यसअघि यो कीर्तिमान रायन गिग्सको नाममा थियो । जसले ३९ वर्षको हुँदा युनाइटेडका लागि गोल गरेका थिए । 


Author

थप समाचार
x