खेलकुद

नेपाली टिममा तीन खेलाडी परिवर्तन

इकागज |
भदौ २७, २०७८ आइतबार १६:४४ बजे

काठमाडौँ- बंगलादेशसँगको दोस्रो मैत्रीपूर्ण खेलका लागि नेपालका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले पहिलो एघारमा तीन खेलाडी परिवर्तन गरेका छन् । आइतबार साँझ हुने खेलका लागि गोलरक्षक अन्जना राना मगर, अनिता बस्नेत र रश्मी घिसिङले मौका पाउने भएका छन् । 

गत बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेल खेलेका अन्जिला सुब्बा, सविता राना र मन्जली योन्जन बेन्चमा सीमित भएपछि अन्जना, अनिता र रश्मीले मौका पाएका हुन् ।


यससँगै नेपाली अग्रपंक्ति प्रिती राई, विमला चौधरी र अनिता बस्नेतले सम्हाल्नेछन् । मिडफिल्डमा कप्तान रेनुका नगरकोटी, सरु लिम्बु र रश्मी घिसिङ हुनेछन् । रक्षापंक्तिमा पुजा राना, गिता राना, अमृता जैशी र हिरा कुमारी भुजेल हुनेछन् । गोलपोष्टको जिम्मा अन्जनाको काँधमा छ ।    
 


Author

थप समाचार
x