खेलकुद

कुशल र रोहितको अर्धशतक

अमेरिकामाथि नेपालको शानदार जित

इकागज |
भदौ २९, २०७८ मंगलबार ६:४४ बजे

काठमाडौँ - आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपाल ५ विकेटले विजयी भएको छ । अमेरिकाले दिएको २३१ रनको लक्ष्य नेपालले ४९.३ ओभरमा पाँच विकेट गुमाएर भेट्टाएको हो । नेपालका लागि कुशल भुर्तेल र रोहित पौडेलले अर्धशतक पूरा गर्दै सर्वाधिक रन बनाए ।

कुशलले ८४ बनाए भने र रोहितले नटआउट ६२ रन बनाए । कुशलले ९३ बलमा तीन चौका र तीन छक्का प्रहार गरे। रोहितले ८७ बलमा ३ छक्का र २ चौका प्रहार गरे। नेपालका लागि कुशल र रोहितबाहेक विनोद भण्डारीले ३७, आसिफ सेखले २३ र ज्ञानेन्द्र मल्लले १७ रन बनाए। त्यसैगरी कुशल मल्ल १ रनमा बाहिरिए भने करण केसीले नटआउट १ रन बनाए ।


यसअघि टस जितेर ब्याटिङ गरेको अमेरिकाले मोनाङ्क पटेलको शतकको मद्दतमा ९ विकेटको क्षतिमा २३० रन बनाएको थियो। सात राष्ट्र समावेश आईसीसी क्रिकेट विश्वकप लिग २ मा आजको जितपछि नेपाल पाँच खेलबाट ६ अंकसहित छैटौँ स्थानमा यथावत् छ। अमेरिका भने १३ खेलमा १२ अंकसहित दोस्रो स्थानमा छ। अब नेपालले मंगलबार अंक तालिकाको शीर्ष स्थानमा रहेको ओमानसँग प्रतिश्पर्धा गर्नेछ। ओमानको १० खेलबाट १६ अंक छ।


Author

थप समाचार
x