खेलकुद

नेपाल र ओमानबीचको खेल आज

इकागज |
भदौ २९, २०७८ ७:४३ बजे

फाइल तस्‍बिर

काठमाडौँ - आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा आज नेपालले ओमानसँग खेल खेल्दै छ। ओमानको अल अमिरात क्रिकेट मैदानमा खेल अपरान्‍ह सवा ४ बजे सुरु हुनेछ ।  नेपालले सिरिजअन्तर्गतको पहिलो खेलमा सोमबार अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । 

सात राष्ट्र समावेश आईसीसी क्रिकेट विश्वकप लिग २ मा सोमबारको जितपछि नेपाल पाँच खेलबाट ६ अंकसहित छैटौँ स्थानमा यथावत् छ। अमेरिका भने १३ खेलमा १२ अंकसहित दोस्रो स्थानमा छ। ओमान अंक तालिकाको शीर्ष स्थानमा छ। ओमानको १० खेलबाट १६ अंक छ।


ADVERTISEMENT



Author

थप समाचार