खेलकुद

अमेरिकालाई हराएपछि कुशल र रोहित के भन्छन् ?

इकागज |
भदौ २९, २०७८ मगलवार १२:३६ बजे

फाइल तस्‍बिर

काठमाडौँ - कुशल भुर्तेल र रोहित पौडेलको ब्याटिङ चल्दा नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा अमेरिकालाई पराजित गर्‍यो । ओमानको अल अमिरात क्रिकेट मैदानमा सोमबार नेपालल अमेरिकालाई ५ विकेटले पराजित गर्दै सिरिजमा सुखद सुरुआत गर्‍यो । २ सय ३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा मात्र ५ विकेट गुमाएर पूरा गर्दा नेपालले शानदार जित निकालेको हो । सिरिजको सुखद सुरुआत गर्ने क्रममा ओपनर कुशल भुर्तेल र रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरे । कुशल भुर्तेलले ८४ रनको अर्धशतकीय इनिङ्स खेल्दा ९३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे ।

युवा ब्याट्स म्यान कुशलले करियरकै पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा पहिलो अर्धशतक समेत बनाएपछि टोलीका लागि खेल्न पाउँदा खुसी लागेको बताए । आफू शतकबाट चुकेको भएपनि टिमको तिज निकै महत्वपुर्ण रहेको र त्यसमा नै खुसी रहेको बताए । सम्हालएको ब्याटिङ प्रदर्शन गरेका युवा ब्याट्सम्यान कुशल र रोहितले कीर्तिमान पनि बताएका छन् । दुबैले आउँदा खेलमा पनि टोलीका लागि अझै मिहिनेत गर्ने बताएका छन् ।


सुरुआत राम्रो गरेको नेपालका लागि कुशलले पहिलो विकेटका लागि आसिफ शेखसँग ६६ रनको साझेदारी गरेका थिए । नेपाली क्रिकेटको एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको कीर्तिमानी साझेदारी हो । तेस्रो नम्बरमा आएका रोहित कुमार पौडेलले ६२ रनको अविजित अर्धशतकीय इनिङ्स खेल्दै नेपाललाई जित तर्फ डोराएका थिए । यस क्रममा पौडेलले लगातार दोस्रो अर्धशतक पूरा गर्दा खुसी लागेको बताए । उनले सुरुआत अलि ढिला भएपनि अन्त्यतिर लयमा आएको बताए ।

यस्तै नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्ले नेपालको दुबै ब्याटिङ र बलिङमा नेपालको प्रदर्शन राम्रो भएको प्रतिक्रिया दिए । खेलमा ब्याटिङ गर्न सजिलो  देखिएपछि रन लिनलाई कठिन भएको प्रतिक्रिया कप्तान ज्ञानेन्द्र मल्लले दिए । घरेलु टोलीसँगको प्रतिस्पर्धा चुनौति पूर्ण रहेको ज्ञानेन्द्रले बताए ।

सिरिज अन्तर्गत आजै नेपालले आयोजक ओमानसँग प्रतिस्पर्धा गर्दै छ । कठिन मानिएको टोलीविरुद्ध नेपालले नेपाली समय अनुसार दिउसो ४ः१५ बजे प्रतिस्पर्धा गर्दै छ । लिग–२ को सिरिज अन्तर्गत नै नेपालले घरेलु मैदानमा ओमानसँग दुई खेल खेलेको थियो । दुबै खेलमा नेपाल पराजित भएको थियो । सोही कारण नेपाली टोली सुखद नतिजाको खोजीमा मैदान उत्रिनेछ ।


Author

थप समाचार
x