खेलकुद

फिलिपिन्ससँग नेपाल पराजित

इकागज |
असोज २, २०७८ शनिवार १७:५१ बजे

काठमाडौँ - एएफसी महिला एसियन कप २०२२ को छनौटमा नेपालले फिलिपिन्ससँग २–१ काे हार बेहोरेको छ । खेलको उत्तर्राद्धमा लगातार दुई गोल खाएपछि नेपाली महिला टिम फिलिपिन्ससँग निराश बनेको हो । 

उज्वेकिस्तानको तास्केन्टमा भएको खेलमा नेपालले १० औँ मिनेटमै अग्रता लिएको थियो । विंगबाट खेलिरहेकी विमला चौधरीले रक्षक गिता रानाको पासमा गोल गरेकी थिइन् । त्यसपछि खेलमा थप गोल गर्न नसकेको नेपालले खेल उत्तर्राद्धमा पुग्दा दुई मिनेट भित्र दुई गोल खायो । 


फिलिपिन्सका लागि ताहनाई अनिसले ९० औँ मिनेटमा बराबरी गोल गरिन् । त्यसको दुई मिनेटपछि कामिल्ले विल्सनले निर्णायक गोल गरिन् र फिलिपिन्सलाई महत्वपूर्ण तीन अंक दिलाइन् । 


Author

थप समाचार
x