खेलकुद

फुटसल लिगको पहिलो दिन राइजिङ र स्पोटर्स कासलको जित

इकागज |
असोज ३, २०७८ आइतबार १२:३७ बजे

काठमाडौँ-पोखरामा शनिबारबाट सुरु ‘ए’ डिभिजन फुटसल लिगमा राइजिङ क्लब र स्पोर्टस कासलले विजयी सुरुवात गरेका छन् । धरानको राइजिङले काठमाडौँको मछिन्द्र स्काइ गोल्समाथि ५–४ को जित दर्ता गर्‍यो भने दोस्रो खेलमा आयोजक सहरको स्पोर्टस कासलले काठमाडौँको प्रभातफेरी युथ क्लबलाई ७–० ले हरायो । 

उद्घाटन खेलमा राइजिङका लागि रेवोस मास्केले दुई गोल गरे भने मिलन लिम्बु, दोर्जे तामाङ र सुदिप तामाङले एक–एक गोल थपे । पराजित टिम मछिन्द्र स्काइका लागि श्रीकृष्ण श्रेष्ठले ह्याट्रिक गरे भने आशिष सुनामले एक गोल गरे । 


कुल १० टिम सहभागी फुटसल लिगमा आइतबार लुम्बिनी फुटसलले झरना स्पोर्टस क्लबको सामना गर्नेछ । आइतबार नै हुने अन्य खेलमा फुटसल फाइभले शंखमुल फुटसलसँग प्रतिस्पर्धा गर्नेछ भने दिनको तेस्रो खेलमा ढुकु फुटसलको भिडन्त सविन मेमोरियल एफसीसँग हुनेछ ।  
 


Author

थप समाचार
x