खेलकुद

इंग्लिस प्रिमियर लिगः बेलीको बलमा एस्टन भिल्लाको दोस्रो जित

इकागज |
असोज ३, २०७८ आइतवार १३:१८ बजे

काठमाडौँ-इंग्लिस प्रिमियर लिगमा शनिबार राति एस्टन भिल्ला र एभरटन भिड्दै थिए । एक घण्टा बित्दा पनि दुवै टिमबाट गोल हुन सकेको थिएन । तर ६१ औँ मिनेटमा लियोन बेली मैदान प्रवेश गरेपछि भने खेल परिवर्तन भयो । 

करिब २० मिनेट मैदानमा रहेका बेलीले ७५ औँ मिनेटमा गोल गरे । त्यसअघि एभरटनका लुकास डिनेले ६९ औँ मिनेटमा आत्मघाती गोल गरे भने माट्टी क्यासले ६६ औँ गोल गरे । बेलीले ८१ औँ मिनेटमा मैदान छाडे । ‘मसल इन्जुरी’का कारण उनी खेल सकिनुअघि नै मैदान छाड्न बाध्य भए । 


भिल्ला पार्कमा भएको खेलमा पराजित भएपछि एभरटनले अंक तालिकाको दोस्रो स्थानमा उक्लने मौका गुमायो । पछिल्ला दुई खेल जितेको एभरटन राफा बेनिटेजको नेतृत्वमा अपराजित थियो । भिल्लाका लागि भने यो दोस्रो जित हो । उसले पाँच खेलबाट सात अंक बनाएको छ । र, १० औँ स्थानमा छ ।  


Author

थप समाचार
x