खेलकुद

एनभिए च्याम्पियनसिपः पहिलो दिनको खेलमा आर्मी विजयी

इकागज |
असोज १०, २०७८ आइतबार १३:० बजे

काठमाडौँ - छैँटौँ एनभिए राष्ट्रिय भलिबल च्याम्पियनसिपमा पहिलो दिनको खेलमा त्रिभुवन आर्मी क्लबले पुरुषतर्फको भिडन्तमा कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलमा विभागीय टिम आर्मीले कणार्लीलाई २५–८, २५–१४ र २५–७ ले पराजित गरेको हो ।  

नेपाल भलिबल संघले आयोजना गरेको च्याम्पियनसिप आइतबारबाट सुरु भएको हो । पहिलो दिन पुरुषतर्फका खेल खेलाइएको हो । पहिलो दिनको दोस्रो खेलमा अर्को विभागीय टोली नेपाल एपीएफ क्लबले ढोरपाटन स्पोर्टस क्लबको सामना गरिरहेको छ । महिलातर्फका खेल भने मंगलबारदेखि सुरु हुनेछन् । 


च्याम्पियनसिपमा पुरुषतर्फ कुल १४ टिम सहभागी छन् । यी टिमलाई १४ चार समूहमा विभाजन गरिएको छ । महिलातर्फक सहभागी ६ टिमलाई दुई समूहमा विभाजित छन् । यो प्रतियोगिता आउँदो चैतमा हुने राष्ट्रिय लिगका लागि छनौट प्रतियोगिता पनि हो । यसपाली पुरुषतर्फ शीर्ष सात र महिलातर्फ शीर्ष पाँचमा पर्ने टिमहरू लिगका लागि छनौट हुनेछन् । 


 


Author

थप समाचार
x