खेलकुद

एनभीए भलिबल च्याम्पियनसिपः एपीएफ र गल्कोटको जित

इकागज |
असोज १०, २०७८ आइतवार १६:६ बजे

काठमाडौँ- आइतबार सुरु भएको छैँटौँ एनभीए राष्ट्रिय भलिबल च्याम्पियनसिपमा नेपाल एपीएफ क्लब र गल्कोट स्पोर्ट्स क्लबले आ–आफ्ना खेल जितेका छन् । पुरुषतर्फको स्पर्धामा एपीएफले ढोरपाटन स्पोर्ट्स क्ललाई पराजित गरेको हो भने गल्काटले बागमति प्रदेशमाथि जित निकालेको हो । 

उद्घाटन दिनको दोस्रो खेलमा एपीएफले ढोरपाटनविरुद्धको खेलमा पहिलो सेट २६–२८ ले गुमाएको थियो । तर विभागीय टिमले दोस्रो सेटमा पुनरागमन गर्‍यो । दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१५ ले जित्यो । अर्को खेलमाा गल्कोटले बागमतिलाई २५–१९, २५–१७ र २५–१७ ले पन्छायो । 


आइतबारको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई हराएको थियो । 


Author

थप समाचार
x