खेलकुद

साफपछि राजीनामा दिने अल्मुताइरीको घोषणा

इकागज |
असोज २७, २०७८ बुधबार २०:९ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियसिप फुटबल प्रतियोगिता सकिएलगत्तै राजीनामा दिने घोषणा गरेका छन् । बुधबार बंगलादेशविरुद्ध बराबरी नतिजा निकालेर नेपाली टिमलाई फाइनल पुर्याएपछि आयोजित पत्रकार सम्मेलनमा अल्मुताइरीले मुख्य प्रशिक्षकबाट राजीनामा दिने बताएका हुन् । 

अल्मुताइरीले राजीनामा दिएर आफु नेपाल नआउने पनि बताएका छन् । माल्दिभ्सबाट सोझै कुवेत फर्किने उनको भनाइ छ । एन्फा पदाधिकारी र मुख्य प्रशिक्षक अल्मुताइरीबीच पछिल्लो समय विवाद थियो । सोही विवादका कारण उनले राजीनामा दिने घोषणा गरेका हुन् । 
 



Author

थप समाचार
x