खेलकुद

आइपीएल क्रिकेट

फाइनल आज, कसले जित्ला उपाधि ?

इकागज |
असोज २९, २०७८ शुक्रबार १८:१० बजे

काठमाडौँ - इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटको फाइनल आज हुँदैछ । दुबईमा राती पौने ८ बजेदेखि सुरु हुने फाइनलमा उपाधिका लागि चेन्नेई सुपरकिंग्स र कोलकत्ता नाइट राइडर्स खेल्दैछन् ।

धोनीको कप्तानीमा रहेको चेन्नेई पहिलो क्वालिफायरमा दिल्लीलाई हराउँदै फाइनल पुगेको हो । यता कोलकत्ता भने चौथो टिमको रुपमा प्लेअफमा पुगेपनि बेंग्लोर र दिल्लीलाई हराउँदै सनसनीपूर्ण नतिजा निकालेर फाइनल पुगेको हो । दोस्रो क्वालिफायरमा दिल्लीलाई हराउँदै कोलकत्ता फाइनल पुग्ने दोस्रो टिम हो ।


शीर्ष स्थानको दिल्ली र उपाधि दाबेदार बेंग्लोरलाई हराएको कोलकत्तालाई फाइनल जित्न सक्ने टिमका रुपमा हेरिएको छ । यसअघि दुई पटक उपाधि जितेको कोलकत्ताले तीन पटकको उपाधि विजेता चेन्नेईसँग प्रतिष्पर्धा गर्न लागेको हो । कोलकत्ताको कप्तानी इयोन मोर्गनले गरेका छन् । 

दुवै टिमका केही खेलाडी उत्कृष्‍ट फर्ममा रहेकाले फाइनल रोचक हुने अनुमान छ । 
 


Author

थप समाचार
x