खेलकुद

साफ च्याम्पियनसिपको फाइनलमा नेपाली प्रशिक्षक अल्मुताइरीलाई प्रतिबन्ध

इकागज |
असोज ३०, २०७८ शनिवार १४:२० बजे

फाइल फोटो

काठमाडौँ - नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई साफ च्याम्पियनशिप फुटबलको फाइनलमा प्रतिबन्ध लगाइएको छ । शनिबार हुने फाइनल खेल अघि मात्रै नेपाली प्रशिक्षक अल्मुताइरीलाई प्रतिबन्ध लगाइएको हो ।

त्यसरी प्रतिबन्ध लगाउनुको कारण दुई वटा पँहेलो कार्ड भनिएको छ । अल्मुताइरीले यसअघि दुई खेलमा पहेँलो कार्ड खाएका थिए । सोही कारण प्रतिबन्ध लगाइएको जनाइएको छ । अल्मुताइरीले श्रीलंका र अन्तिम खेलमा बंगलादेशविरुद्ध पहेंलो कार्ड पाएका थिए ।


साफको नियमावलीमा रातो कार्ड पाएमा मात्र प्रशिक्षकले अर्को खेल गुमाउने व्यवस्था छ । तर नियमावली विपरित प्रतिबन्ध लगाएपछि अल्मुताइरीले अक्रोश जनाएका छन् । यस्तै आजको फाइनल खेलमा नेपाली टिमका मुख्य खेलाडी अन्जन बिष्टले पनि खेल्न पाउने छैनन । यसअघि उनले लगातार दुई पहेलो कार्ड खाएका थिए ।

आज राती पौने ९ बजे माल्दिभ्समा साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारत खेल्दैछन् । यसअघि समूह चरणको खेलमा नेपाल भारतसँग पराजित भएको थियो । 


Author

थप समाचार
x