खेलकुद

साफ च्याम्पियनसिप फुटबल

नेपाल र भारतबीचको फाइनल खेल सुरु

इकागज |
असोज ३०, २०७८ शनिवार २०:४६ बजे

फाइल फोटो

काठमाडौँ - साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल र भारतबीचको फाइनल खेल सुरु भएको छ । माल्दिभ्सको माले रंगशालामा केहीबेरदेखि खेल सुरु भएको हो ।

नेपालले दुई खेलमा जित र एक खेलमा बराबरी खेल्दै फाइनल पुगेको हो । यसअघि समूह चरणको खेलमा नेपाल भारतसित पराजित भएको थियो । नेपाल पहिलोपटक फाइनल पुगेको हो ।


आजको खेलमा मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी प्रतिबन्धका कारण र मुख्य खेलाडी अन्जन बिष्ट दोहोरो पहेँलो कार्डका कारण अनुपस्थित छन् । 


Author

थप समाचार
x