खेलकुद

बर्दगोरियामा सुदूरपश्‍चिमकै ठूलो धनराशिको फुटबल प्रतियोगिता हुँदै

इकागज |
कात्तिक ५, २०७८ शुक्रवार १८:१८ बजे

बौनियाँ - कैलालीको बर्दगोरियामा प्रदेशकै ठूलो धनराशिको फुटबल प्रतियोगिता हुने भएको छ। स्थानीय बालबाटिका विद्या मन्दिरको आयोजनामा प्रदेशकै ठूलो धनराशिको फुटबल प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता आउदो मङ्सिर १७ गतेदेखि पुस १० गतेसम्म बौनियाँमा हुनेछ । 

प्रथम प्रदेश स्तरीय बालबाटिका फुटबल लिग नामाकरण गरिएको प्रतियोगितामा प्रथम हुने छात्रतर्फको टीमले नगद १ लाख १ हजार रुपैयाँ, छात्रातर्फको टीमले नगद १ लाख १ हजार, ट्रफी र प्रमाणपत्र प्राप्‍त गर्ने आयोजकले जनाएको छ । यसैगरी दोस्रो हुने टीमले छात्रतर्फ नगद ५१ हजार, छात्राको टीमले ५१ हजार ,मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने विधालयका संस्थापक प्रमोद मल्लले जानकारी दिए । 


उनकाअनुसार प्रतियोगितामा उत्कृष्ट फरवार्ड दुवै तर्फका टीमले नगद ५ हजार, उत्कृष्ट डिफेन्डरहरूले नगद ५ हजार ,उत्कृष्ट गोलरक्षकले नगद ५ हजार प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगिताका उदयमान दुवै तर्फका खेलाडीलाई हौसला स्वरुप नगद ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने मल्लले बताए । प्रतियोगिताको प्लेयर अफ द टुरनामेन्टले नगद ८ हजार, म्यान अफ द म्याच बन्ने खेलाडीले नगद ५ सय र मेडल प्राप्त गर्नेछन् ।

प्रतियोगितामा पुरस्कारमा मात्रै साढे चार लाख खर्च हुने ऋयोजको अनुमान छ । यसैगरी प्रतियोगीतामा खेल मैदान मर्मतमा २ लाख, प्रचार प्रसार तथा छपाइमा ४ लाख,अफिसियल तथा विविधमा ४ लाख ५० हजार खर्च हुने अनुमान गरिएको मल्ले जानकारी दिए । विद्यालयस्तरबाट नै दक्ष फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यसहित प्रतियोगिताको आयोजना गरिएकोउनको भनाइ छ । 

प्रतियोगितामा सुदूरपश्चिम प्रदेशभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका छात्र, छात्रा दुवैगरी ३२/३२ टीमको सहभागिता हुनेछ । जसमा माध्यमिक तहअन्तर्गत कक्षा १० सम्मका छात्र ,छात्राले मात्रै सहभागिता जनाउन पाउनेछन् । प्रतियोगिता लिग कम नकाउट प्रणालीका आधारमा मुडा बजारको खेल मैदानमा खेलाइने आयोजकले जनाएको छ । 


Author

थप समाचार
x