खेलकुद

सहिद स्मारक लिगको नयाँ खेल तालिका सार्वजनिक

इकागज |
मंसिर १३, २०७८ सोमबार १७:५२ बजे

काठमाडौँ - अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए डिभिजन लिगको तेस्रो र चौथो चरणको खेल तालिका सार्वजनिक गरेको छ । एन्फाले सोमबार दुई चरणका खेल सार्वजनिक गरेको हो । दुवै चरणका खेल दशरथ रंगशालामा हुनेछन् । 

यस पटक पनि हप्तामा चार खेल हुने बताइएको छ । ती खेल दिउँसो र साँझमा हुने  जानकारी गराएको छ । ३ मंसिरबाट सुरु भएको लिगका दोस्रो चरणका खेल आज सकिँदै छ । दोस्रो चरणको अन्तिम खेलमा सोमबार साँझ गत सिजनको विजेता मछिन्द्र फुटबल क्लब र उपविजेता त्रिभुवन आर्मी फुटबल क्लब भिडिरहेका छन् ।



Author

थप समाचार
x