खेलकुद

राखेप सदस्य सचिव घिसिङले लिए पद तथा गोपनियताको सपथ

इकागज |
मंसिर १४, २०७८ मगलवार १७:३७ बजे

काठमाडौँ - राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले पद तथा गोपनियताको सपथ लिएका छन् । 

मंगलबार खेलकुद मन्त्रालयमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले घिसिङलाई सपथ खुवाएक हुन् । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई राखेपको सदस्य सचिव बनाउने निर्णय गरेको थियो । 


सपथपछि खेलकुद मन्त्री महेश्वर गहतराजले खेलाडीको मनोबललाई उच्च बनाउने काममा सरकार प्रतिवद्ध रहेको र परिषद्ले पनि आवश्यक कार्ययोजना बनाउनुपर्ने बताए । खेलकुद परिषद्को मुख्य काम नै खेल र खेलाडीको व्यस्थापन रहेको भन्दै उनले संस्थाभित्र बसेर राजनीति नगर्न आग्रह गरे । 

त्यस्तै नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले खेलकुद नियम अनुसार जवाफदेही भएर काम गर्ने र राष्ट्रिय टीम सुधारको प्रयास आफ्नो पहिलो प्राथमिकतामा पर्ने बताए । घिसिङले खेलकुदमा नयाँ युगको सुरुवात गर्ने संकल्प व्यक्त गरे ।  


Author

थप समाचार
x