खेलकुद

विदेशी लिग खेल्ने पहिलो नेपाली महिला क्रिकेट खेलाडी सीता

इकागज |
मंसिर १८, २०७८ शनिबार १४:५६ बजे

काठमाडौँ -  नेपाली महिला क्रिकेट टोलीकी सीताराना मगरले हङकङमा आयोजना हुने महिला क्रिकेट प्रतियोगिता फेयर ब्रेक इन्भिटेसनल २०२२ खेल्ने भएकी छन् । योसँगै सीता विदेशी लिग खेल्ने पहिलो नेपाली महिला क्रिकेट बनेकी छन् ।

 फेयर ब्रेक इन्भिटेसनल प्रतियोगिता आगामी सन् २०२२ मे १ देखि १५ सम्म हुनेछ । ६ टोली सम्मिलित प्रतियोगितामा भारतकी हर्मप्रीत कौर, पाकिस्तानकि सना मिरको सहभागिता हुनेछ । सीताले कुन टोलीबाट खेल्ने भन्ने फाइनल भएको छैन । सीताले सन् २००७ मा नेपाली टोलीबाट डेब्यु गरेकी हुन् ।


सीताले पहिलो पटक विदेशी लिग खेल्न पाउँदा खुसी लागेको बताएकी छन् । साथै उनले आफूले विदेशी लिग खेल्न पाउँदा अन्य नेपाली खेलाडीले पनि अवसर पाउने बताइन् ।


Author

थप समाचार
x