खेलकुद

टाइगर कपको उपाधि एपीएफको पोल्टामा

इकागज |
माघ १, २०७८ शनिबार १२:३० बजे

पोखरा । पोखरामा भएको दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधि एपीएफले जितेको छ । विभागीय डर्बी त्रिभुवन आर्मीलाई ३–० को सोझो सेटमा हराउँदै एपीएफले उपाधि आफ्नो हातमा पारेको हो।

पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा शनिबार भएको फाइनलमा आर्मी  एपीएफले आर्मीलाई २५–२३, २५–१५ र २५–२० को सेटमा स्तब्ध बनायो ।


उपाधिसँगै एपीएफले ३ लाख प्राप्त गरेको छ । उपविजेता बनेको आर्मीले १ लाख ५० हजार प्राप्त गर्यो । तेस्रो स्थानमा रहेको न्यु डायमण्डले ७५ हजार प्राप्त गरेको छ। 


Author

थप समाचार
x