खेलकुद

अन्ततः जोकोभिचले अस्ट्रेलिया छाड्ने

इकागज |
माघ २, २०७८ आइतबार १३:३६ बजे

काठमाडौँ- सर्बियाका टेनिस खेलाडी नोभाक जोकोभिचलाई अस्ट्रेलियाबाट डिपोर्ट गरिने भएको छ । आइतबार अस्ट्रेलियन अदालतले जोकोभिचको पक्षमा मुद्दाको सुनवाई नगरेपछि विश्व वरीयतामा पहिलो स्थानमा रहेका जोकोभिचले अस्ट्रेलिया छाड्नु पर्ने भएको हो । अदालतको नयाँ आदेशपछि जोकोभिचले अस्ट्रेलिया ओपनमा भाग लिन पाउने छैनन् । उनी यो ग्रान्डस्लामको डिफेन्डिङ च्याम्पियन हुन् । 

अस्ट्रेलिया को सरकारले दोस्रो पटक भिसा रद्द गरेपछि जोकोभि आइतबार अदालत गएका थिए । तर अघिल्लो पटकमा जस्ते अदालतले यसपालि जोकोभिचको पक्षमा आदेश सुनाएन । पछिल्ला दुई रातदेखि अस्ट्रेलियन सीमा बलको नियन्त्रणमा रहेका जोकोभिचको भिसा शुक्रबार रद्द गरिएको थियो । 


अस्ट्रेलियन ओपन सोमबारबाट मेलबर्नमा सुरु हुँदैछ । यही प्रतियोगितामा भाग लिन जोकोभिच जनवरी ५ मा मेलबर्न पुगेका थिए । कोभिड–१९ विरुद्धको खोप लगाएको वा नलगाएकोबारे जानकारी दिन नमानेका जोकोभिचलाई अनिवार्य खोपको नियमबाट छुट दिइएको थियो । 

तर यसका लागि जोकोभिचले आफू कोभिडकाट सुरक्षित रहेको प्रमाण पेस गर्नुपर्ने थियो । तर उनले पेस गरेको प्रमाणमा अस्ट्रेलियन अधिकारी सन्तुष्ट नभएपछि सर्बियन स्टारको भिसा रद्द गरिएको थियो । यो निर्णयविरुद्ध जोकोभिच अदालत पुगेका थिए । त्यसपछि जोकोभिचको पक्षमा फैसला आएको थियो । यसपटक भने उनको पक्षमा अदालत खडा भएन ।   
 


Author

थप समाचार
x