खेलकुद

सिक्दै अनि जित्दै एम्मा राडुकानु

इकागज |
माघ ५, २०७८ बुधबार ११:५७ बजे

काठमाडौँ- दुई वर्षअघि ठ्याक्कै यही समय, एम्मा राडुकानु अस्ट्रेलियनओपनको जुनियरतर्फको इभेन्टमा प्रतिस्पर्धा गरिरहेकी थिइन् । तर त्यहाँ उनी पहिलो चरणबाटै बाहिरिन् । गत वर्ष भने उनले अस्ट्रेलियनओपन टेलिभिजनमै हेरिन् । तर यो पटक भने कथा बेग्लै छ । 

राडुकानु मेलबर्नमा जारी ग्रान्डस्लामको दोस्रो प्रवेश गरेकी छन् । त्यो पनि ग्रान्डस्लाम विजेता रहिसकेकी अनुभवी खेलाडी स्लोओने स्टेफन्सलाई पराजित गरेर । १९ वर्षिय राडुकानुले स्टेफन्सलाई ६–०, २–६, ६–१ ले हराइन् । गत वर्ष यूएस ओपन जितेकी बेलायती खेलाडी राडुकानुले सन् २०१७ मा यूएस ओपन नै जितेकी स्टेफन्सलाई निराश बनाएपछि प्रतिक्रिया दिइन्, ‘सन् २०२२ मेरा लागि सिकाइको वर्ष रह्यो । अहिले पनि म सिकारु नै छु । यसकारण आजको खेल मेरा लागि अफ्ठेरो थियो । पहिलो सेट जितेपछि दास्रोमा हार बेहोरे । त्यसपछि तेस्रो सेट आफ्नो पक्षमा कसरी ल्याउने भन्ने चिन्ता थियो ।’


विश्व महिला टेनिसमा राडुकानुको प्रगति लोभलाग्दो छ । गत जुलाईमा उनी विम्बल्डनको चौथो चरणसम्म पुगेकी थिइन् । त्यसअघि उनले टुर स्तरको खेल जित्न सकेकी थिइनन् । त्यसपछि भने उनले यूएस ओपनमा छनौट चरणमात्रै पार गरिनन्, प्रतियोगिताको ट्रफी नै उचालिन् ।

त्यो फाइनलमा उनले क्यानडाकी लेयला फर्नान्डेजलाई पराजित गरेकी थिइन् । उनै फर्नान्डेजको अस्ट्रेलियनओपन यात्रा भने पहिलो खेलबाटै सकिएको छ । मंगलबार भएको खेलमा उनललाई वाइल्ड कार्डमार्फत प्रतियोगितामा प्रवेश गरेकी  म्याड्सिन इंग्लिसले स्तब्ध बनाइन् । 
  
 


Author

थप समाचार
x