खेलकुद

आर्मी र सुदूरपश्चिम फाइनलमा

इकागज |
माघ ७, २०७८ शुक्रबार २०:३१ बजे

काठमाडौं- नेपाल आर्मी र सुदूरपश्चिम प्रदेश चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।

नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगिताको पहिलो सेमिफाइनलमा साबिक विजेता आर्मीले गण्डकीलाई ३–० गोलले पराजित गर्‍यो । आर्मीका लागि सीताकुमारी चौधरी, अन्जना चन्द ठकुरी र नीलिमा पाण्डेले गोल गरे । सीता ‘वुमन अफ द म्याच’ घोषित भइन् ।


वीरगन्जको आदर्शनगर खेल मैदानमा भएको दोस्रो तथा अन्तिम सेमिफाइनलमा सुदूरपश्चिमले मधेस प्रदेशलाई २–० गोलले हरायो । लक्ष्मी बम र ‘वुमन अफ द म्याच’ सुनिता नेगीले गोल गरे ।

फाइनल शनिबार हुने छ । शनिबारै गण्डकी र मधेस पनि तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन् ।


Author

थप समाचार
x