खेलकुद

रशिला विश्व ब्याडमिन्टनको जुनियर बरियतामा सातौँ स्थानमा

इकागज |
माघ ११, २०७८ मंगलबार १९:३९ बजे

काठमाडौ  - राष्ट्रिय च्याम्पियन रशिला महर्जन विश्व ब्याडमिन्टन महासङ्घले हालै जारी गरेको बरियतामा जुनियर महिला युगलतर्फ सातौँ स्थानमा पुग्न सफल भएकी छिन् ।    
    
जुनियर महिला एकलतर्फ यसअघि १९औँ स्थानमा रहेकी महर्जन विश्व महिला जुनियरतर्फ उच्च स्थानमा पुगेकी पहिलो नेपाली महिला ब्याडमिन्टन खेलाडी हुन् । नेपाल ब्याडमिन्टन सङ्घले आज प्रेस विज्ञप्ति जारी गर्दै महर्जनलाई विश्व ब्याडमिन्टनको महिला जुनियरतर्फ उच्च स्थानमा पुग्दै नेपाल राष्ट्र, खेलकुद क्षेत्र र नेपाली ब्याडमिन्टनको सान, मानलाई उच्च राख्न सफल भएकामा बधाई दिएको छ । आगामी दिनमा अझ मिहिनेतका साथ अगाडि बढ्न सफलता प्राप्त होस् भन्दै सङ्घले शुभकामना व्यक्त गरेको छ ।    
    
नेपाली ब्याडमिन्टन खेलाडीले एकपछि अर्को उचाइलाई छुन सफल भएकामा खुसी व्यक्त गर्दै नेपाल ब्याडमिन्टन सङ्घले यसबाट खेलाडीको स्तरलाई कायम राख्न र अन्य खेलाडीको स्तरलाई उकास्न थप दबाब परेको र त्यसमा सङ्घ सदा अग्रसर रहने विज्ञप्तिमा उल्लेख छ ।    
    
विश्व ब्याडमिन्टन महासङ्घले हालै जारी गरेको बरियतामा नेपालका अर्का उदीयमान खेलाडी प्रिन्स दाहाल पुरुष जुनियर एकलतर्फ पहिलो नम्बरमा पुग्न सफल भएका थिए ।    



Author

थप समाचार
x