खेलकुद

नेपाली भलिबललाई केल्मेको साथ

इकागज |
फागुन १०, २०७७ सोमबार १६:४६ बजे

काठमाडौँ  : अन्तराष्ट्रिय ‘स्पोटर्स वेयर’ कम्पनी केल्मेले राष्ट्रिय भलिबल टिमलाई प्रायोजन गर्ने भएको छ । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा दुई पक्षबीच प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गरियो । सम्झौता अनुसार केल्मेले राष्ट्रिय पुरुष तथा महिला टोलीका लागि जर्सी, जुत्ता, टे«निङमा प्रयोग हुने पोशाक लगायत अन्य सामाग्री उपलब्ध गराउनेछ ।

अन्तराष्ट्रिय प्रतियोगितामा समेत स्थानिय उत्पादन लगाएर खेल्दै आएका भलिबल खेलाडीहरुलाई स्पेनको केल्मेले दुई वर्षसम्म सम्म जर्सी लगायतका सामाग्री प्रदान गर्नेछ । यसअघि नेपालको फुटबल टिमलाई प्रायोजन गरिरहेको केल्मे अब राष्ट्रिय खेल भलिबलसँग पनि आबद्ध भएको हो । नेपालमा प्रख्यात रहेका खेलहरुसँग आबद्ध हुने नीति अनुरुप भलिबललाई प्रायोजन गरेको केल्मे नेपालका कन्ट्री डाइरेक्टर उत्तम न्यौपानेले बताए । 


उता नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन शर्मा र महासचिव जितेन्द्र बहादुर चन्दले केल्मले भलबलसँग सहकार्य गर्दा राष्ट्रिय खेल र केल्मे ब्राण्ड दुबै पक्षलाई फाइदा हुने बताए ।   


Author

थप समाचार
x