खेलकुद

लेब्रन जेम्सको इब्राहिमोभिचलाई जवाफ, सामाजिक तथा राजनीतिक विषयमा बोल्न छाँडदिनँ

इकागज |
फागुन १५, २०७७ शनिबार १४:३८ बजे

काठमाडौँ: लस एन्जलस लेकर्सका लेब्रन जेम्स राजनीतिक र सामाजिक विषयमा आफ्नो धारणा राखिरहन्छन् । प्रख्यात अमेरिकी बास्केटबल खेलाडी जेम्स आफ्नो मुलुकमा हुने बन्दुक हिंसा देखि अश्‍वेत तथा अल्पसंख्यकहरूको अधिकारका विषयमा बोलिरहन्छन् । धेरैले उनको यस्तो ब्यक्तित्वको प्रशंसा गर्छन् । 

तर सबैजना जेम्सको शैलीसँग सहमत छैनन् । त्यस सूचीमा एसी मिलानका स्ट्राइकर ज्लाटन इब्राहिमोभिच छन् । स्विडिस फरवार्ड इब्राहिमोभिचले यसै साता एनबीए स्टार जेम्सले राजनीतिक टिप्पणी नगरेको राम्रो भन्‍ने धारणा व्यक्त गरे । ‘जेम्स आफ्नो खेलको स्टार हुन् । उनको कद बास्केटबल दुनियाँमा धेरै उँचो छ । तर जेम्स जस्ता मानिसहरू आफ्नो खेलभन्दा बाहिर गएर टिप्पणी गरेर गल्ती गर्छन्,’ इब्राहिमोभिचले भनेका थिए,‘ हामी जेमा उपयुक्त छौँ त्यही गरौँ । मसँग फुटबल खेल्ने कौशल छ । म यही गर्छु । म सँग राजनीति गर्न सक्षम छैन । त्यसकारण म त्यस क्षेत्रमा जादिन ।’


शुक्रबार जेम्सले इब्राहिमोभिचले दिएको अभिव्यक्तिको जवाफ दिएका छन् । उनले आफूले राजनीतिक, सामाजिक वा अन्य महत्वपूर्ण विषयमा बोल्न नछाड्ने बताए । ‘म खेलकुदमा मात्रै सिमित हुन चाहान्न । मैले महत्वपूर्ण प्लाटफर्म पाएको छु । त्यसकारण मैले सामाजिक न्यायका विषयमा बोलिरहनु पर्छ । समाजमा केही गलत भइरहेको छ भने, म त्यसमा बोल्छु । मैले बोल्नैपर्छ,’ जेम्सले भने, ‘म यही समाजको हिस्सा हो । यहाँ मानिसहरुले भाग्‍ने समस्याका बारेमा मैलो राखेको विचारको महत्व रहन्छ । त्यसकारण म यस्तो विषयबाट भाग्‍न मिल्दैन ।’   


 


Author

थप समाचार
x