विचार-वार्ता

जुनेली जुन

सुरेन्द्र नेपाल श्रेष्ठ |
असार १६, २०७९ बिहीबार ११:१२ बजे

जुन ग्रेगोरियन पात्रोमा छैटौं महिना हो । यो महिना ३० दिनको हुन्छ । यो उत्तरी गोलार्धमा गर्मीको पहिलो महिना हो भने दक्षिणी गोलार्धमा जाडोको पहिलो महिना हो । यो महिनाको नामकरण युवाको प्रतीक रोमन देवी ‘जुनो’को नामबाट गरिएको मानिन्छ । पुरानो रोमन क्यालेन्डरमा, जुनलाई mens iunius भनिन्थ्यो र २९ दिनको हुन्थ्यो । त्यतिबेला दश महिनाको एक वर्ष भएको हुँदा iunius चौथो महिना थियो । ईसापूर्व १५४ देखि १२ महिनाको एक वर्ष भएपछि यो महिना छैटौँ महिना बन्‍न पुग्यो । पछि ईसापूर्व ४६ मा, जुलियस सिजरले नयाँ क्यालेन्डर प्रणाली– जुलियन क्यालेन्डर ल्याउदा उनले वर्षमा दस दिन थपे । त्यसपछि नयाँ जुलियन क्यालेन्डरमा, जुनलाई ३० दिनमा विस्तार गरिएको थियो ।

जुन महिना बाबाको महिना पनि हो । मध्ययुगदेखि नै बुबालाई विशेष सम्मान गर्ने परम्परा चलेको हो । त्यति बेला मार्च महिनाको १९ गते सेन्ट जोसेफ पर्वको रूपमा मनाइन्थ्यो । आधुनिक युगमा आइपुग्दा संसारका ११२ भन्दा बढी देश मध्ये बेलायत, अमेरिका, युरोप, एशियाका धेरै जसो (६७)देशमा जुन महिनाको तेस्रो आइतबार (यसपालि जुन १९) मा मनाउने गरिन्छ । जुन महिनामा नै विभिन्‍न दिनहरूमा पनि मनाइन्छ । जस अनुसार डेनमार्क, स्विजरल्यान्ड, लुथियनियामा जुन ५, अस्ट्रिया जुन १२, एल साल्भाडोर र ग्वाटेमाला जुन १७, इजिप्ट, जोर्डन, कोसोभो, लेबनान सिरिया जुन २१, पोल्यान्ड, निकारागुवा जुन २३, र हाइटिमा जुन २६ (जुन महिनाको अन्तिम आइतबार) बुबालाई सम्मान गर्ने चलन छ।अन्य तीस देशमा भने जनवरी र अप्रिल बाहेक अन्य सबै महिनाको विशेष दिनहरूमा मनाइन्छ । एक तथ्यांकअनुसार सन् २०२१ मा उक्त दिनका लागि करिब ९५१ मिलियन पाउन्ड खर्च भएको अनुमान गरिएको थियो ।


विश्वका प्राय:जसो देशहरूमा कुनै न कुनै साम्राज्यले शासन गरेको थियो । तर समयको गति सँगै ती साम्राज्यहरू संकुचित हँुदै गएको छ । कुनै देश साम्राज्य बाट छुटे पछि टुक्रेका पनि छन् । अहिले विश्व मानचित्रमा स्वतन्त्र रूपमा परिचित देशहरूमध्ये धेरैले आफ्नो स्वतन्त्रता दिबस मनाउने चलन छ । ति मध्ये धेरै देशहरूले आ–आफ्नो स्वतन्त्रता दिवसलाई राष्ट्रिय छुट्टीका रूपमा सम्मान गर्छन् । जुन महिनामा स्वतन्त्रता दिबस मनाउने देशहरू सामोया १, टोङ्गा ४, डेनमार्क ५, स्वीडेन ६, नर्वे ७, रशिया र फिलिपिन्स १२, आइसल्यान्ड १७, कुवेत १९, मोजाम्बिक २५, मेडागास्कर २६, जिबूती २७, सेशेल्स २९, कंगो ३० हुन् । त्यस्तै इटाली, लक्स्जम्बर्ग र पोर्चुगलले क्रमश: जुन २, २३ र १० मा राष्ट्रिय दिवस मनाउँछन् । 

बेलायतमा भने यस्तो छुट्टै कुनै राष्ट्रिय दिवस छैन तर महारानीको जन्मदिनमा त्यस प्रकारको हर्षोल्लास गरिन्छ । त्यसैले उक्त दिन केही समयदेखि जुन १२ लाई राष्ट्रिय दिवस घोषणा गर्न प्रस्ताव गरिएको छ तर अहिलेसम्म निर्णय भने भएको छैन । जुन १९, १८६५ मा मेजर जनरल गोर्डन ग्रेन्जरले युनियन सिपाहीहरूलाई गाल्भेस्टोन (टेक्सास) मा युद्धको अन्त्य गर्दै सबै दासहरूको स्वतन्त्रताको घोषणा गरेका थिए । त्यसैले उक्त दिन संयुक्त राज्य अमेरिकामा दासत्वको अन्त्यको सम्झना गर्दै बिदा दिने गरिन्छ । यसलाई मुक्ति दिवस वा स्वतन्त्रता दिवस पनि भनिन्छ । सन् १९८० मा टेक्सास यसलाई आधिकारिक रूपमा छुट्टी घोषणा गर्ने पहिलो राज्य बनेको थियो भने फेब्रुअरी २०२२ मा दक्षिण डकोटाले घोषणा गरे पछि अहिले पूरै देशभरि छुट्टी मनाउने गर्दछ । ‘जुन’ र ‘उन्‍नाइसौं’ अंग्रेजी शब्दहरूको संयोजन गरेर छोटकरीमा यसलाई ‘जुन्टिथ’ भन्‍ने चलन छ । 

संसारैभरिका देशहरूले आफ्नो आवश्यकताअनुसार केही दिन, हप्ता वा महिनालाई नै विशेष महत्व दिएर विभिन्‍न विषयहरूमा सचेतनामूलक विशेष कार्यक्रमहरू सञ्चालन गर्दछन् । उदारहणका लागि बेलायतले यो महिनाभरि Stillbirth and Neonatal Death Awareness Month, National Age Without Apology Month, National Candy Month मनाउँछन् । त्यस्तै जुन १८ देखि २६ सम्म English Wine Week २० देखि २६ सम्म Learning Disability Week , Cervical Screening Awareness Week, National School Sport Week , ChildrenÚs Hospice Week, जुन २१ देखि २७ सम्म Love Your Lungs Week, जुन २७ देखि जुलाई १ सम्म Rabbit Awareness Week, २७ जुन देखि ३ जुलाईसम्म Deaf blind Awareness Week, जुन २९ देखि १९ सम्म ChildrenÚs Art Week र जुन २७ मा National Bingo Day मनाउने चलन छ । 

त्यस्तै गरेर संसारभरि नै प्राइड मन्थ भनेर बहु लिंगीयहरूको गौरव उत्सव महिनाभरि मनाउने चलन छ । विश्वमा बढ्दै गएको यो अभियानले बेलायतको राजनीतिक प्रणालीको शक्तिलाई वर्णन गर्न यहाँको संसद्ले केटालाई केटी र केटीलाई केटाबाहेक अरु सबै गर्न सक्छ भन्‍ने कथनलाई विस्थापित गराइदिएको छ । जुन २० देखि २६ सम्म National Picnic Week, Refugee Week, World Continence Week जुन २३ देखि ३० सम्म World Female Ranger Week, जुन २७ देखि जुलाई १ सम्म World Well Being Week मनाउने चलन छ । 

जुन २४ का दिन युरोप भरि मिडसमर डे मनाइन्छ । उक्त दिनभन्दा अघिल्लो रात देशै भरि आगो बाल्ने चलन छ । दिनहरू छोटो हुँदै जाँदा सुर्यको राप कमजोर हुँदै जाने हुँदा सूर्यलाई थप शक्ति दिन आगो बाल्ने चलन चलेको कथन छ । साथै सोही साँझ बोक्सी, भुत प्रेत भगाउने भनेर नाच गान गर्ने चलन पनि छ । 

संयुक्त राष्ट्रको महासभाबाट निर्णय गरेर विभिन्‍न समस्या समाधानका लागि वर्षभरि नै विशेष दिन घोषणा गरिएको हुन्छ । अहिलेसम्म जुन महिनामा निम्न दिनहरू मनाउने चलन छ । जुन ०१ अभिभावक दिवस, ०३ विश्व साइकल दिवस, ०४ आक्रमणबाट पीडित निर्दोष बालबालिकाको अन्तर्राष्ट्रिय दिवस, ०५ विश्व वातावरण दिवस, ०५ अवैध, रिपोर्ट नगरिएको र अनियमित माछा मार्नेविरुद्धको लडाइँका लागि अन्तर्राष्ट्रिय दिवस, ०६ रुसी भाषा दिवस, ०७ विश्व खाद्य सुरक्षा दिवस, ०८ विश्व महासागर दिवस, १२ विश्व बाल श्रमविरुद्ध दिवस, १३ अन्तर्राष्ट्रिय अल्बिनिज्म जागरूकता दिवस, १४ विश्व रक्तदाता दिवस, १४ विश्व वृद्ध दुव्र्यवहार जागरूकता दिवस, १६ पारिवारिक रेमिट्यान्सको अन्तर्राष्ट्रिय दिवस, १७ मरुभूमीकरण र खडेरीविरुद्धको विश्व दिवस, १८ काउन्टरिङ हेट स्पिचका लागि अन्तर्राष्ट्रिय दिवस, दिगो ग्यास्ट्रोनोमी दिवस, १९ द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस, २० विश्व शरणार्थी दिवस, २१ अन्तर्राष्ट्रिय योग दिवस, अन्तर्राष्ट्रिय संक्रान्ति दिवस, २३ संयुक्त राष्ट्र सार्वजनिक सेवा दिवस, अन्तर्राष्ट्रिय विधवा दिवस, २५ सिफररको दिन, २६ लागुऔषध दुरूपयोग र अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस, यातना पीडितहरूको समर्थनमा संयुक्त राष्ट्रसंघ अन्तर्राष्ट्रिय दिवस, २७ साना र मझौला उद्यम दिवस, २९ अन्तर्राष्ट्रिय ट्रपिक्स दिवस, ३० अन्तर्राष्ट्रिय क्षुद्रग्रह दिवस, अन्तर्राष्ट्रिय संसद्वाद दिवस । 

जुन महिनाको प्रतीक गुलाफको फूल मानिन्छ । जुन महिनामा आधारित सन् १९४८ मा निर्मित ‘जुन ब्राइड’, सन् २०२० मा बनेको ‘अगेन जुन’ नाम चलेका अंग्रेजी चलचित्रहरू हुन् भने सन् २०१९ मा प्रदर्शन गरिएको हिन्दी मलायम भाषाको कमेडी चलचित्र ‘जुन’ले पनि राम्रै ख्याति पाएको थियो । जुन महिनामा गरिने विवाहबारे केही गीत कविताहरू पनि बनेका छन् । जस्तै ‘म्यारिड अन द मन्थ अफ रोज–जुन, लाइफ विल बी इन लङ हनिमुन’, ‘फर द से व्हेन यु म्यारी इन जुन, यु आर अ ब्राइड अल योर लाइफ’ छन् । 

रोमन देवी ‘जुनो’लाई विवाह र प्रजनन शक्ति स्रोतका रूपमा पनि मान्‍ने गरिन्थ्यो । तसर्थ ऐतिहासिक रूपमा हेर्दा जुन महिना विवाहका लागि सबैभन्दा उपयुक्त मानिन्छ । धेरै पहिला मानिसहरू वर्षको एक पटक मात्र नुहाउने र त्यो प्राय: जुन महिनामा हुन्थ्यो । खेतीपाती सकिएपछि सरसफाइ गर्ने चलन हँुदा पनि यो जुन महिना नै हुन गएको हुनुपर्छ । त्यति बेला विवाह गर्ने उपयुक्त समय मान्‍नुको कारण नुहाएको हुँदा शरीरको दुर्गन्ध केही समयसम्म हटेर अझै बासना आउने भएकाले पनि हो भन्‍ने अनुमान छ । विवाहमा फूलको बुकी बोक्ने परम्परा पनि यही तथ्यसँग मिल्दोजुल्दो देखिन्छ । मानिसले आफ्नो शरीरबाट आउने खराब बासनालाई छेकेर सुगन्ध फैलाउन गुलाबको फुलको सहायता लिने गरेको हो भन्‍ने भनाइ पनि छ । 

जुन २ गते महारानीको राज्यारोहण भएको दिन ‘द ट्रुपिङ अफ द कलर’ नामक विशेष समारोह हुने गरेको छ । १४ सयभन्दा बढी परेडिङ सिपाहीहरू, २०० घोडाहरू र ४०० संगीतकारहरूसहितको परेडसाथ बकिङ्घम दरबारमा उपस्थित भएर महारानीलाई सलामी चढाउँछन् । दरबार वरिपरि हजाराँै जनताहरू राष्ट्रिय झण्डा फहराएर साथ दिन्छन् । बकिङ्घम प्यालेस बाल्कनीबाट शाही परिवारका सदस्यहरूले सबैलाई धन्यवाद दिने चलन छ । यो परम्परा २६० वर्षदेखि चल्दै आएको छ । त्यसैले अहिलेसम्म यसैलाई राष्ट्रिय दिनका रूपमा पनि लिने गरिन्छ । 

गर्मी महिना सुरु भएदेखि नै दिन लामो र रात छोटो हुन थाल्दछ । राति अबेलासम्म जुनिलो हुने हुँदा बच्चाहरूलाई समयमा सुताउनुपर्ने हुँदा बाक्लो पर्दा लगाउनुपर्ने हुन्छ । असारको संक्रान्तिको (समर सोलेस्टिक) दिन जुन २०/२१/२२ (प्राय: जुन २१ कहिलेकाहीँ २० र नगन्य २२) सबैभन्दा लामो दिन हुन्छ । बिहान छिट्टै सूर्योदय हुने र राति अबेला सूर्यास्त हुने गर्दछ । बेलायतमा उक्त दिन स्टोनहेन्ज भन्‍ने विश्वसम्पदा क्षेत्रमा हजारौँ मान्छेहरू रातभरि जाग्राम बस्ने चलन छ । विश्वका धेरै देशहरूबाट उक्त दिन आआफ्नो भेषभूषामा बाजागाजासहित जम्मा हुने र भूतप्रेत बोक्सी भगाउने भनेर विभिन्‍न प्रकारका क्रियाकलापहरू गर्ने गरिन्छ । यो झन्डै नेपालमा लुतो फाल्ने चलनसँग मेल खान्छ । यस वर्ष उक्त दिन बिहान बेलायतमा ४:४४ बजे सूर्योदय र राती २१:२२ बजे सूर्यास्त भएको थियो । यो दिन सूर्य र पृथ्वीको दुरी सबै भन्दा लामो हुन्छ । उता आर्कटिक सर्कलको उत्तरमाका सबै स्थानहरूमा यो दिन पूरै चौबिसै घण्टा घाम मात्रै देखिने घमाइलो हुन्छ भने अन्टार्कटिक सर्कलको दक्षिणी भूभागमा पूर्ण अन्धकार रहन्छ । यो बेला संसारका धेरै मानिसहरू दिनको मात्र मज्जा लिन नर्वे वरिपरिका देशहरूमा जाने गर्दछन् ।

जुन २४ का दिन युरोप भरि मिडसमर डे मनाइन्छ । उक्त दिनभन्दा अघिल्लो रात देशै भरि आगो बाल्ने चलन छ । दिनहरू छोटो हुँदै जाँदा सुर्यको राप कमजोर हुँदै जाने हुँदा सूर्यलाई थप शक्ति दिन आगो बाल्ने चलन चलेको कथन छ । साथै सोही साँझ बोक्सी, भुत प्रेत भगाउने भनेर नाच गान गर्ने चलन पनि छ । 

विश्व प्रसिद्ध विम्बल्डन टेनिस प्रतियोगिता जुन महिनाको अन्तिम हप्ताबाट सुरु भै जुलाई महिनाको पहिलो हप्ता समापन हुन्छ । यति बेला घमाइलो दिन हुँदा पनि बेलाबखत पानी पर्ने भएकाले यहाँका सर्वसाधारणहरूले यति बेला पानी पर्दा यो विम्बलडन खेल्ने समय हो नि भन्‍ने गर्दछन् । हुन त यो खेल सुरु भने सन् १८७७ को जुलाई ९ बाट भएको थियो । यो मात्रै त्यस्तो अन्तर्राष्ट्रिय टेनिस खेल हो जुन अहिले पनि प्राकृतिक घाँस मैदानमा खेलिन्छ । 

राजा र उनको सरकार कानुनभन्दा माथि छैन भन्‍ने सिद्धान्त लेख्ने पहिलो दस्तावेज म्याग्नाकार्टा सन् १२१५ जुन १५ मा जारी गरिएको थियो । यसले राजालाई आफ्नो शक्तिको दुरुपयोग गर्नबाट रोक्न शाही अधिकारको सीमाहरू राखेको थियो । । म्याग्नाकार्टाका तीनवटा मूल धाराहरू, निर्दयी र असामान्य सजायहरूमा प्रतिबन्ध, निर्णायक मण्डल (जुरी) द्वारा सुनुवाइ र न्याय बेच्न वा अनावश्यक ढिलाइ गर्नु हुँदैन, भन्‍ने जस्ता स्थायी कानुनी अवधारणाहरूको लागि बलियो जग बसालेको थियो ।

बेलायतको एउटा काउन्टी डर्बीशायरमा अहिलेसम्म पनि ‘वेल ड्रेसिङ’ पर्व मनाउने चलन छ । ईसापूर्व १००० तिर सेल्ट (ऋभतिक) समुदाय बेलायत आइपुगेको अनुमान गरिन्छ । त्यति बेलादेखि नै यो प्रचलन चलेको हुनुपर्छ । वेलको अर्थ इनार भए पनि अन्य सबै पानीको मुहान कुवा खोल्सीलाई विभिन्‍न रंगी चंगी घाँसपात, काठ, बोक्रा फूलले सिंगारपटार गरी सजाउने चलन छ । अहिले पनि डर्बीमा झन्डै सयको हाराहारीमा रहेको पानीको मूलहरूमा जुन २४ देखि सुरु गरी फेब्रुअरी १ गतेसम्म सबैमा पालै पालो मनाउने गर्दछ । यो प्रचलन नेपालमा भूमे (भूमिको) पूजा गर्ने चलनसँग मिल्दोजुल्दो देखिन्छ । भूमि पूजामा खानाको स्रोतलाई माने जस्तै यसमा पानीको स्रोतलाई विशेष महत्व दिइन्छ । 

विज्ञान प्रविधिको विकास सँगसँगै संसारमा भएका धेरै अन्वेषणहरू जुन महिनामा पनि भएका छन् । तीमध्ये केही महत्वपूर्ण उदाहरणहरू यसप्रकार छन् । संसारमै महँगो र भरपर्दो मानिने रोल्स–रोयस गाडी सन् १९३५ जुन १८, हामी सबैले चपाउने रसदार फल च्युइंगम सन् १९१५ जुन २९ देखि सुरु भएको थियो । पहिलो पटक रंगीन टेलिभिजन न्यूयोर्क सहरमा जुन २७ सन् १९२९ प्रदर्शन गरिएको थियो भने सन् १९६३ जुन २४ का दिन घरेलु भिडियो रेकर्डर पहिलो पटक बिबिसी स्टुडियो लण्डनमा प्रदर्शन गरिएको थियो । त्यति बेला साठी पाउन्ड पर्ने उक्त उपकरणले केवल २० मिनेटको श्वेतशाम (ब्ल्याक एन्ड व्हाइट) भिडियो मात्रै रेकर्ड गर्न सक्थ्यो ।

त्यस्तै गरिथोमस एडिसनलाई इलेक्ट्रोग्राफिक भोट रेकर्डर, खेलौना ट्रकका लागि ६ वर्षीय रोबर्ट प्याच, जे.एस. पेम्बर्टनको कोका–कोला लेबल, आइभ्स म्याकग्याफेलाई गलैँचा सफा गर्ने उपकरण, अहिले निकै प्रचलनमा रहेको पत्र पठाउदा ठेगाना देखिने ‘विन्डो खाम’ एच.एफ. कालाहान, चार्ल्स डुरियालाई पेट्रोल–सञ्चालित अटोमोबाइल, माइकल पपिनलाई लामो दूरीको टेलिफोन, शमूएल मोर्सलाई टेलीग्राफी संकेतहरू, आर्थर मेलिनलाई हुला–हुप, विलियम हाडवेलाई इलेक्ट्रिक स्टोभका लागि पेटेन्ट अधिकार दिइएको थियो । 

भूगोलभरिका देशहरू भिन्‍न भए पनि यसको उत्पत्ति र विकासक्रम भने मिल्दोजुल्दो नै हुन्छन् । मानव सभ्यताको सुरुका दिनहरूमा जाने सिकेका सभ्यता नै अहिलेसम्म भएका सम्पूर्ण विकासका स्रोत हुन् । विविध कारणले गर्दा सबैले समान रूपमा आफूलाई रूपान्तरण गर्न सकेका हँुदैनन् । त्यसैले अहिले पनि अविकसित, अल्पविकसित, विकासशील र विकसित देश भनेर वर्गीकरण गरिन्छ । स्तरअनुसारका देशहरूमा आफ्ना पुराना परम्परा चलनचल्ती र संस्कृतिलाई अवलम्बन, जगेर्ना तथा संरक्षण गरेका हुन्छन् । व्यावहारिक रूपमा लागू गर्न छाडिएका परम्पराहरू सन्ततीहरूसम्म पुर्याउन संग्रहालयको सहायता लिएका हुन्छन् । सक्ने जति परम्परालाई कायम राख्न वर्षभरि विभिन्‍न समयमा फरक फरक पर्वहरू मनाउने गरिन्छ । अहिले विश्व एउटा गाउँ जस्तो भइसकेकोले धेरै मानिसहरू विभिन्‍न देशहरू घुम्ने प्रचलन बढ्दो छ । कहाँ, कहिले, किन, जानुपर्छ भन्‍ने प्राथमिकता निर्धारण गर्ने आधारमध्ये अहिले मुख्य तिनै उत्सव र पर्वहरू हुने गरेको छ । जुन महिनामा हुने केही पर्वहरू यस्ता छन् । 

मोन्ट्रियल ज्याज महोत्सव– स्विट्जरल्यान्ड जुनको अन्त्यमा दश दिन हुन्छ । यो नै संसारको सबैभन्दा ठूलो ज्याज महोत्सव हो । ४० वर्ष भन्दा अगाडिदेखि यो पर्व चलिरहेको छ । यो सांगीतिक उत्सवले संसारभरिका धेरै मानिसहरूले यो शहरमा जम्मा हुने हुँदा त्यहाँको रौनक नै भिन्‍न हुने गर्दछ । त्यस्तै संयुक्त राज्य अमेरिकाको मिलवाउकीमा हुने समरफेस्ट संसारको सबैभन्दा ठूलो संगीत उत्सव हो । जुनको अन्त्यबाट तीन हप्तासम्म विभिन्‍न विधामा संगीत प्रस्तुत गर्दछन् । सन् १९७० सेप्टेम्बर १९ मा पहिलो पटक बेलायतको ग्लास्टनबरीमा सुरु भएको सांगीतिक पर्व अहिले संसारकै उत्कृष्ट पर्व बन्‍न पुगेको छ । सुरुका केही वर्ष र कोरोनाको कारण गत दुई वर्ष रोकिएको यो पर्व पहिलो पटकबाहेक सधैँ जुन महिनाको तेस्रो/चौथो हप्तामा हुने गरेको छ । सुरुमा प्रवेश शुल्क १ पाउन्ड र १५ सय सहभागीबाट थालनी भएको यो पर्व यस वर्ष २८० पाउन्डको टिकट मूल्य राखी जुन २२ देखि २६ सम्म १४२ हजार सहभागी (टिकट बिक्री) भएको थियो । 

त्यसै गरी संसारका प्रचलित केही पर्वहरू नेमी स्ट्रबेरी महोत्सव । इटली, माउन्टेन्समा मेडोज बुल्गेरिया, विश्व नग्न बाइक राइड लन्डन, सेन्ट जोन द ब्याप्टिस्ट फेस्टिवल, पोर्टो, इन्ति रायमी पेरु, सान विनो वाइन फाइट फेस्टिवल स्पेन, बाली कला महोत्सव बाली, गवाई दयाक महोत्सव, सारवाक, आइसल्यान्ड राष्ट्रिय दिवस रेक्जाभिक, आइसल्यान्डबोर्नियो, फि ता खोन महोत्सव, थाइल्यान्ड, बोई बुम्बा ब्राजिल, इसे एबी मात्सुरी जापान हुन् । भारतमा मनाइने धेरै पर्वहरू मध्ये जुन महिनामा मनाइने केही पर्वहरू शिमला समर फेस्टिवल, सागा दावा, रमजान र ईद उल फित्रसिन्धु दर्शन पर्व, अम्बुबाची मेला, सेन्ट जोन को साओ जोआओ पर्व, सेन्ट पीटर र पावल को चाड, अन्तर्राष्ट्रिय आँप महोत्सव, गंगा दशहरारथ यात्रा हुन् । 

नेपालमा यो महिनामा सिठी नख : गोसाइकुन्द मेला, गोरखकाली पुजा, त्रिशुली यात्रा, पनौती रथ यात्रा, दही च्युरा खाने र राष्ट्रिय धान दिबस मनाउने चलन छ । बेलायतमा पनि नेपालीहरूको संख्या थपिँदै गएसँगै विभिन्‍न अवसरमा नेपाली कला संस्कृति झल्कने गरी वर्षभरि नै विविध कार्यक्रमहरू आयोजना गरिन्छ । जुन महिनामा नेपाल मगर संघले नेपाली मेला र युवाहरूले जुन फेस्टिबल मनाउन थालेका छन् । 

सुरेन्द्रका यी लेख पनि पढ्नुस् : 


Author

सुरेन्द्र नेपाल श्रेष्ठ

(लामो समयदेखि बेलायत बसोबास गर्दै आएका श्रेष्ठले इकागजमा निरन्तर विविध विषयमा कलम चलाउँदै आएका छन् ।)


थप समाचार
x