विचार-वार्ता

सम्पादकीय

राहदानीमा फड्को

इकागज |
कात्तिक १०, २०७८ बुधबार १७:१ बजे

मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गरेको १२ वर्षपछि सरकारले नागरिकलाई अत्याधुनिक (विद्युतीय) पासपोर्ट अर्थात् ई-पासपोर्ट बोकाउने भएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)बाट पब्लिक कि डाइरेक्टरी (पीकेडी) नेपालले पाइसकेको हुनाले यात्रामा थप सहज र सम्मानित हुने विश्वास सरकारको छ । हाल प्रचलित शुल्कमै नागरिकले तेस्रो तहको अत्याधुनिक पासपोर्ट बोक्न पाउने भएका हुन् । अल्पविकसित मुलुकहरू ई-पासपोर्टमा खासै गएका छ्रैनन् । तर, नेपालमा राहदानी विभागले निकै जोडबल गरेर ई-पासपोर्टमा लगेको हो ।

कन्सुलर विभाग र राहदानी विभाग जोडेर हेर्ने हो भने राहदानी विभाग अगाडि देखिन्छ । अन्य सरकारी सेवा लिने स्थानमा भन्दा सेवाग्राही पासपोर्ट लिन जानेहरू राहत अनुभव गर्छन् । यद्यपि जिल्लामा त्यो व्यवस्था अझै सहज हुन सकेको छैन । जिल्लामा परराष्ट्रको नभई गृह प्रशासनअन्तर्गत आवेदन लिने र पासपोर्ट बुझाउने काम हुन्छ ।


अझ लाइसेन्स, कर बुझाउन जाने कर कार्यालय, स्थानीयको वडा कार्यालयभन्दा राहदानी विभागको सेवा राम्रो छ । परराष्ट्रको विदेश अनुभव र देखासिखीअनुसार दाँज्दा अझ जति हुनुपर्ने त्यो हुन सकेको छैन । यद्यपि अन्य निकायको भन्दा राम्रा सेवा दिइरहेको कारण उनीहरूको प्रस्तावलाई सरकारले रोक्न नसकेको हो ।

एमआरपीलाई नयाँ बोलपत्र आह्वान गर्नुभन्दा ई-पासपोर्टमा जानु राम्रो हुने सुझावपछि गत वर्ष नै ई-पासपोर्टको कामअघि बढेको हो । त्यसरी हतारिनु जरुरत थिएन, तर सहज ढंगले त्यसमा जाँदा मुलुकको हित हुने बुझाइ सरकारको छ । अन्तर्राष्ट्रिय यात्रा गर्नेहरूको धारणा पनि ई-पासपोर्ट बढी उपयोगी र सहज छ । राहदानी आगामी मंसिर १ बाटै ई-पासपोर्ट जारीको प्रक्रिया अघि बढेको छ । एमआरपी लिनुभन्दा केही समय पर्खेर ई-पासपोर्ट लिनु राम्रो हुनेछ । त्रिपुरेश्वरमा निर्मित भवनमा ई-पासपोर्टको परीक्षण दिनहुँ भइरहेको छ । त्यो परीक्षणसँगै नारायणहिटीबाट त्रिपुरेश्वरमा राहादानी विभाग सर्नेछ ।

 

विद्युतीय राहदानीमा यसको अलावा विद्युतीय चिप र एन्टेनासमेत जडान गरिएको हुनाले इमिग्रेसनमा सहज हुनेछ । चिपमा औंठा छाप, तस्बिर लगायतका व्यक्तिगत विवरण हुन्छन् ।

विभागमा राहदानी संग्रहालय बन्ने भएको छ । त्यसको काम पनि सँगै हुनेछ । राहदानी विभाग र कन्सुलर विभाग मात्र होइन, त्रिपुरेश्वरमा स्वतन्त्र ‘थिंक ट्यांक’का रूपमा विकास गर्ने भनिएको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान पनि त्यही परिसरमा रहनेछ । त्यहाँ ई-पासपोर्ट जारी हुने क्रमसँगै जिल्ला-जिल्लामा पनि लाइभ इनरोलमेन्ट हुने हुँदा भीड कम हुने विश्वास पनि विभागको छ । एमआरपी लिन भीड लागेको अवस्था दृश्य देख्दा एक महिना कुरेर ई-पासपोर्ट लिनु उपयुक्त देखिन्छ । सरकारले नेपाली पासपोर्टको आवरण पनि परिवर्तन गरेको छ ।

चकलेटी कलरको पासपोर्टको आवरण छ । त्यसले पनि दुईथरी पासपोर्ट देखिनेछ, केही समयपछि अध्यागमनमा । एमआरपीको तस्बिर भएको पेज अर्थात् डाटा पेजमा अप्टिकल क्यारेक्टर रिकग्नाइजेसन फम्र्याटमा मेसिन रिडेबल जोन हुन्छ । राहदानी रिडर मेसिनले रिड गर्दा राहदानीमा उल्लिखित महत्वपूर्ण विवरणहरू देखिन्छन् । विद्युतीय राहदानीमा यसको अलावा विद्युतीय चिप र एन्टेनासमेत जडान गरिएको हुनाले इमिग्रेसनमा सहज हुनेछ । चिपमा औंठा छाप, तस्बिर लगायतका व्यक्तिगत विवरण हुन्छन् ।

पासपोर्टको पेज कम भएको गुनासा आइरहेका सन्दर्भमा साधारण पासपोर्ट ३४ र ६६ पृष्ठ गरी दुई प्रकारका हुनेछ । हुन त, अन्य पासपोर्ट ३४ पृष्ठकै रहनेछ । साधारणबाहेक अन्य राहदानीहरू कूटनीतिक, विशेष, सर्भिस, अस्थायी, सिम्यान्स अभिलेख किताब गरी सात प्रकारका छन् । हातले लेख्ने राहदानीबाट एमआरपी हुँदै ई-पासपोर्टमा पुगेका छौँ । यो राम्रो हो, तर यसमा गलत व्यक्तिले नागरिकता लिएर आफूलाई नेपाली ठहर गरी विश्वको कुना पुग्ने काम हुनु हुँदैन ।

यसका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य छ । त्यो परिचयपत्र नभए पनि परिचयपत्रको नम्बर लिनुपर्ने हुन्छ । विश्वमा चलेको ई-पासपोर्ट नै हो । त्यसपछिको जेनेरेसन स्मार्ट कार्ड, स्मार्ट फोन पासपोर्ट, क्लाउड पासपोर्ट, भर्चुअल आइडी लगायतका हुन् । त्यो खासै प्रयोगमा आएका छैनन् । यो पासपोर्ट लिएर यात्रा गर्दा यात्रा सहज हुनेछ ।


Author

थप समाचार
x