विचार

न्यायालयमा राजनीति हाबी हुँदा न्याय ध्वस्त

आस्था लोहनी |
माघ ११, २०७९ बुधबार ७:५७ बजे

न्यायको मन्दिर मानिने न्यायालय, त्यहाँका भगवान्‌हरू र त्यहाँ विभिन्न कारण र परिस्थितिले आउने आस्तिक भक्त र पूजारी अर्थात् वकिल जस्ता पात्रको कथा आजकाल छलफलको विषय बनेको छ । म अझै पूजारी भइसकेको त छैन तर तरखरमा भएर होला त्यो भगवान्‌का कयौँ गुनासोहरू भक्तहरूले मलाई सुनाइरहेका हुन्छन् । त्यो भगवान्‌मा धेरै आस्था भएकै कारणले होला गुनासोहरू पनि धेरै आइरहेका, अनि यो लेख्न मलाई विवश अनि बाध्यकारी बनाएको पनि । 

यी भगवान्‌ पनि अचम्मका रहेछन्, यिनी सुन्छन् र पनि नसुने जस्तो गर्छन्, बोल्छन् र पनि नबोले जस्तो गर्छन्, देखिन्छन् र पनि नदेखिए जस्तो अदृश्य बन्छन्, खान्छन् र पनि नखाए जस्तो गर्छन्, जानेर पनि नजाने जस्तो अनविज्ञ बन्छन्, लिएर पनि नलिए जस्तो गर्छन् । यी भगवान्‌ मन्दिरका भन्दा अलिक फरक प्रकृतिका छन्, त्यसै कारणले यी आलङ्कारिक भगवान्‌भन्दा त सायद ती मन्दिरका नसुन्ने, नदेख्ने, नबोल्ने, नखाने भगवान्‌ नै ठीक होइनन् र ? 


तर यी दुवै मन्दिरका भगवान्‌मा एउटा समानता छ । मन्दिरका भगवान्‌ पाषणले बनेका हुन्छन् सो सरह न्यायालयका भगवान्‌ मानिने यिनीहरूको हृदय पनि पाषाणले बनेको जस्तै पाषण हृदय बनेको देखिन्छ । किन यस्तो भएको यसको कारण खोतल्न बाँकी नै छ, साथै यो अहिलेको समयको आवश्यकता पनि हुन जान्छ नत्र त न्याय प्रणालीलाई आफैँ धराशयी हुनुमा कुनै भविष्यकाललाई पर्खिराख्नु पर्दैन अनि त्यसको परिणाम स्वरूप निहत्था बन्न जान्छ, न्यायालय । 

भनिन्छ नि, ‘पढेको भन्दा परेकोले धेरै जानेको हुन्छन् ।’ त्यसैले होला त्यहाँका भक्तहरूले अरुले नदेखेको निहत्था न्यायालयसँग परिचित भएको, त्यसमाथि अहिलेको अवस्थामा मन्दिरको नाङ्गो नाच देखाएको सबै माझ छर्लङ्ग नै छ ।

गुनासो गर्ने भक्तसँग एउटै जिज्ञासा मनमा थियो; शक्ति, अधिकार, ज्ञान, अनुभव भएको न्यायालय कसरी निहत्था भो होला, होइन र ? यहाँका भगवान्‌को हात र साथमा त जहिले औजार हुन्छन्; शक्ति, अधिकार, कालो कोटको तर पनि निहत्था कसरी ? यो प्रश्नको उत्तर अनुरूप मैले कडा जवाफ पाएँ ।

‘शक्ति, अधिकार, ज्ञान, अनुभवसँगै ती मूल्यवान् नोटको बलले हतियार भएका पनि निहत्था भए । यी न्यायका सर्जक मानिने पनि निहत्था भए । त्यस्ता कैयौँ उदाहरण छन्, जसले तपाईंको यो प्रश्नलाई सम्बोधन गर्छन् । सर्वप्रथम त, जबर्जस्ती करणी, लागूऔषध जस्ता गम्भीर प्रकृतिको मुद्दामा भएका आदेशहरू, फैसला हेर्दा आफ्नो शक्ति, ज्ञान र अझै जान्नुपर्ने भन्दा बढी शक्ति, ज्ञानको हो कि सम्पदाको प्रयोग गर्न जानेको हो कि, कानुन नै नजानेको हो भन्ने कुरा विवादस्पद लाग्छ ।

यस्ता प्रकृतिका मुद्दामा वादीले लगाएको आरोप र अभियोगलाई लक्ष्मण रेखा मानेर प्रतिवादीलाई रावण बनाइन्छ तर वास्तवमा Jurist William Blackstone sf] “An innocent until proven guilty” af6 cg'dflgt ul/G5 ls “Better that ten guilty persons escape, than that one innocent be condemned and suffer capitally” र यसैको अवधारणबाट वास्तवमा मुद्दाको गाम्भीर्य र प्रकृति बुझेर न्यायिक निरूपण गर्नुपर्ने आवश्यकता होइन र ? तर तपाईंको अदालत छ्याछ्या निहत्था नै हो ।’ 

कमजोरी दोहोरिनु समस्या हो, समस्या दोहोरिनु अपराध र अपराधको कुनै माफी हुँदैन त्यसैले यो पक्षलाई ख्याल गर्नुपर्छ । राजनीतिक पार्टीको काखमा बसेर कानुनी शासनको चुल्ठो समाएर न्यायालयलाई लात हान्नेको कमी नभएको यो स्थानमा न्यायालयका पूजारीको ठूलो भूमिका हुन्छ ।

म आश्चर्यचकित भएँ त्यो न्याय निरूपण गर्ने सबैको साझा न्यायालय कहाँ, कसरी, कहिले र के कारणले निजी हुन पुगेछ । यतिले मात्र उहाँलाई सन्तुष्टि दिएन । “Every saint has a past, every sinner has a future” भन्ने अपवाद मात्र हो त ? वहाँको कुराबाट कि त वहाँले न्यायालयलाई धेरै बुझेको हो या त्यो पात्र अति नै अन्यायमा परेको हुनुपर्छ भन्ने मैले अनुमान गरेँ ।

यहाँ कानुनी सिद्धान्तलाई भिरबाट आफैँ धकेलेर रामराम भन्नेको कमी छैन । यस्ता कानुनी सिद्धान्तलाई तहसनहस पार्न त संविधान वा राज्यको चौथो अंग पनि पछाडि पर्दैनन् । अब त्यो न्यायालयलाई इज्जत दिन नसकेको हो कि निहत्था सोचेर अपमानित गरी हेपेको हो ? त्यो संविधान वा राज्यको चौथो अंग स्वरूप रहेका पत्रकार नै जानून् । कुनै पनि कानुन, विधिशास्त्र, संविधान, न्यायाधीश, संस्थाको इज्जत नगर्नु आफैँमा न्यायालयलाई निहत्था भएको महसुस गराउनु हो ।

कसैले बारको अगाडि गएर गरेको लडाइँ, कालो कपडामा गरेको विरोध, कपाल काटेर बोलेको अपशब्द मात्र अवहेलना नभएर माथि उल्लिखित व्यवहार पनि अवहेलना हो । यो केवल मानवताहीन व्यक्तित्व वा नैतिकताहीन व्यक्तिको पहिचान मात्र होइन तर त्यो न्यायालयबाट हुन नसकेको वा त्यो न्यायमूर्तिले दिन नसकेको न्यायको परिणाम स्वरूप देखापरेको भावनाको सम्मिश्रण हो । त्यो न्यायालयलाई निहत्था भएको प्रमाणपत्र दिने पनि प्राय यहाँका भक्तहरू नै हुन् ।

न्यायालयमा हाबी भएको राजनीतिले न्यायलाई ध्वस्त बनाएको वास्तविकतालाई नकार्न सकिँदैन । अब अदालतभित्रको कार्यव्यवस्थाको कुरा र छलफल गर्ने मेरो नैतिकता र ओहोदाले पनि दिएन तर त्यो व्यवस्थामा पनि हजारौँ आरोप प्रत्यारोप, अन्तर्विरोधभन्दा बाहेकका त्रुटि र कमजोरीको थैलोलाई छुट्टाछुट्टै खोल्नुपर्छ र त्यसको हिसाबकिताबको फाइल पनि फरक हुन्छ । त्यसैले होला न्यायालय र न्यायाधीशलाई निहत्था देखेको त्यो न्यायको मूर्ति पुज्ने भक्तहरूले । विचाराधीन मुद्दा, प्रमाणको व्यवस्थापन, पुनरावलोकन, पेसी, कार्यान्वयन पक्ष, कार्यविधि लगायतका त अझै स्पष्ट छलफल गर्नुपर्ने पाटो त छँदै छन् । 

प्रमाणको संकलन गर्ने पहिलो न्यायाधीशको ओहोदा पाएका अनुसन्धानको समयदेखि नै न्यायिक पक्षलाई बलियो बनाउनुपर्ने देखियो । झुट्टो आरोपको आरोपित भएका व्यक्तिलाई पनि पीडितको नजरबाट हेरेर क्षतिपूर्ति साथै दाबी गर्ने ठाउँ राख्नुपर्छ र यसमा Judicial Activism पनि देखिनुपर्छ ।

साथै Social Engineer को हैसियतले सामाजिक परिपाटी, सम्बन्ध र विकासलाई परेको हरेको असरलाई मध्यनजर गर्नुपर्छ । अझै पनि मेरो मुद्दा फलानो न्यायाधीशकोमा परेको छ के उहाँ इमानदार हुनुहुन्छ भन्ने परिस्थिति नआओस् । कमजोरी दोहोरिनु समस्या हो, समस्या दोहोरिनु अपराध र अपराधको कुनै माफी हुँदैन त्यसैले यो पक्षलाई ख्याल गर्नुपर्छ । राजनीतिक पार्टीको काखमा बसेर कानुनी शासनको चुल्ठो समाएर न्यायालयलाई लात हान्नेको कमी नभएको यो स्थानमा न्यायालयका पूजारीको ठूलो भूमिका हुन्छ । तर, अपवाद स्वरूप रहनु भएको नै भन्नुपर्‍यो न्यायाधीश सरह भगवान्‌ र पुजारी सरह अधिवक्ताप्रति आत्मादेखि नै सम्मान छ ।


Author

थप समाचार
x