विचार

तेह्रौँ सम्मेलन : के ब्रिक्स बौरिँदै छ ?

नीरज लवजू |
भदौ २७, २०७८ १७:३३ बजे

संसारले कोभिड-१९ को महामारीमाथि पूर्ण विजय हासिल गरिसक्दो हो त यतिबेला भारतको कुनै सहरमा धुमधामसँग ब्रिक्सको तेह्राै‌ँ सम्मेलन भइरहेको हुने थियो । चीन, रुस, ब्राजिल, दक्षिण अफ्रिकाका नेताहरूलाई भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले ठाँटसँग स्वागत गर्ने थिए । भारतको कुनै ऐतिहासिक किल्ला वा समुद्री तटमा सा“झपख भारतीय मौलिक ब्रान्डको कफी सुर्काउँदै पाँच देशका नेताहरूले कोभिड–१९ महामारीमाथिको विजयका लागि आपसमा बधाई साटासाट गर्ने थिए ।

विडम्बना, महामारीको कालो बादल अझै पूर्णतः हटिनसकेको हुनाले गएको बिहीबार भर्चुअल माध्यमबाट ब्रिक्सको तेह्राैँ शिखर सम्मेलन सम्पन्न भयो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा भएको शिखर बैठकमा चीनका राष्ट्रपति सी चिनफिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, ब्राजिलका राष्ट्रपति जाएर बोल्सोनारो र दक्षिण अफ्रिकाका राष्ट्रपति सिरेल रामाफोसाले भर्चुएलमाध्यमबाट सहभागिता जनाएका थिए । 


ब्रिक्सको तेह्राैँ सम्मेलन मुख्यतः तीनवटा विषयमा केन्द्रित थियो–१) कोभिड–१९ महामारीको प्रतिरोध, २) अफगानिस्तानको पछिल्लो राजनीतिक घटनाक्रम र ३) ब्रिक्स देशबीचको सहकार्य । 

कोभिड–१९ महामारीको प्रभाव नपरेको कुनै देश र क्षेत्र बा“की छैन । खोप र औषधिको विकासस“गै महामारी क्रमशः कमजोर हु“दै जाने अपेक्षा गरिए पनि संसारमा महामारीको जोखिम अझै कम भएको छैन । कोभिड–१९ महामारी अब कुनै देश वा क्षेत्र विशेषको चिन्ताको विषय होइन । सम्पूर्ण संसारबाट महामारीलाई सधैंको लागि बिदा नगर्दासम्म यसबाट कोही पनि पूर्णतः सुरक्षित छैन । 

कोभिड–१९ महामारीले संसारका साना ठूला, धनी गरिब सबै देशहरूमाथि गम्भीर प्रभाव पारेको छ । धनी र विकसित भनिएका देशहरू पनि महामारीको घातक परिणामबाट कायल भए । संसारकै सबभन्दा धनी र शक्तिशाली ठानिएको अमेरिका महामारीबाट सबभन्दा बढी प्रभावित बन्यो । ब्रिक्स देशहरूमध्ये पनि ब्राजिल महामारीबाट सबभन्दा बढी प्रभावित देशको क्रमावलीमा दोस्रो स्थानमा पर्‍यो । केही महिनाअघि भारत महामारीबाट सबभन्दा सघन क्षति पुगेको देश थियो । सन् २०१९ को डिसेम्बरमा चीनको उहान सहरमा कोभिड–१९ महामारी फैलिएयता चीन सरकारले महामारी नियन्त्रणको निम्ति गरेका प्रयासले त्यहाँ धेरै ठूलो क्षति भएन । यद्यपि, सुरुमा नयाँ रोगसँगको सामना चीनको लागि पनि कम चुनौतीपूर्ण बनेको थिएन । 

आजको युग बहुपक्षताको युग हो । बहुपक्षीय समन्वय र सहकार्यको महत्व किन र कति छ भन्ने प्रश्नको उत्तर पनि महामारी सामनाको क्रममा संसारले प्रत्यक्ष अनुभव गर्‍यो । कोभिड–१९ महामारी जस्तो चुनौती न एउटा देशमा मात्र सीमित रहन्छ, न त एउटा देशले मात्र समाधान गर्न सक्छ । सबै देशको साझा प्रयास र समन्वयबाट मात्र यस्ता समस्याको समाधान र महामारीलाई पराजित गर्न सकिन्छ । बहुपक्षीय समन्वय र सहकार्यको उत्तम दृष्टान्त बनेको ब्रिक्सअन्तर्गतका देशहरूबीच महामारी रोकथामको निम्ति सहकार्य भएको देखियो ।

निःसन्देह ब्रिक्स स्थापना भए यता ब्रिक्स देशकै राजनीतिक नेतृत्वमा पनि परिवर्तन भइसकेको छ । ब्रिक्स स्थापनाताका वामपन्थी सरकार भएको ब्राजिलमा अहिले अनुदार फासीवादी सोचको बोल्सोनारो सरकार छ । भारतको मोदी सरकार आफै पनि अनुदार फासीवादी सरकारको उदाहरण हो । तथापि, महामारीको साझा चुनौती सामनाको निम्ति ब्रिक्स देशबीच सहकार्य अपरिहार्य छ । संसारको कुल जनसङ्ख्यामा ब्रिक्स देशहरूको कुल जनसङ्ख्याले ४१.५३ प्रतिशत ओगटेको छ भने क्षेत्रफलको आधारमा ब्रिक्स देशले २६.६५ प्रतिशत क्षेत्रफल ओगटेको छ । त्यसको अर्थ ब्रिक्स देशमा कोभिड–१९ रोकथामले मात्र पनि संसारभर महामारी रोकथामको निम्ति ठूलो योगदान हुनेछ । 

महामारी रोकथामको निम्ति अहिले संसारमा प्राप्त सबभन्दा धारिलो हतियार भनेको खोप हो । संसारभरका जनताको पाखुरामा जति चा“डो पूर्ण मात्रा खोप दिन सकिन्छ, त्यत्ति नै महामारीको प्रभाव न्युन हुनेछ । तर, आज धनी देशहरूले आफूलाई आवश्यकता भन्दा बढी मात्रा खोप सञ्चय गर्ने र गरिब देशले भने खोप नै नपाउने विभेदको अवस्था कायम छ । ब्रिक्सका पा“चै देशहरू उदयीमान विकासशील देशहरू हुन् । आर्थिक हैसियतमा पा“च वटै देश अझै पनि सम्पन्न देशहरू होइनन् । त्यसकारण संसारका गरिब र विकासशील देशहरूले सामना गर्नुपरेको खोप विभेदको पीडा यी देशहरूले बुझ्न जरुरी छ ।

ब्रिक्सले एकातिर आफ्नै क्षेत्र र जनतालाई कोभिड–१९ बाट जोगाउनुपर्ने जिम्मेवारी छ भने अर्कोतिर संसारका अन्य साना र विकासशील देशहरूले भोगिरहेका समस्या समाधानको निम्ति पनि भूमिका खेल्नुपर्छ । धनी देशहरूका स्वार्थी व्यवहारविरुद्ध ब्रिक्सले गरिब र विकासशील देशको नेतृत्व गर्नुपर्छ र खोपमा विभेदको अवस्था अन्त्यको निम्ति थप काम गर्नुपर्छ । 

कोभिड–१९ महामारीजत्तिकै अर्को चुनौती भनेको कोभिडपछिको आर्थिक पुनःनिर्माण । त्यसो त यो सबै देशको निम्ति समान रूपमा संवदेनशील विषय हो । तर, विशेषतः गरिब देशहरूको लागि यो अझ बढी अपरिहार्य विषय बनेको छ । त्यसै पनि कमजोर अर्थतन्त्रको कारण धेरै समस्या र अवरोध सामना गरिरहेका देशहरूलाई महामारी र महामारी रोकथामको निम्ति लागु गरिएको लकडाउनले अझै शिथिल बनाएको छ ।

ब्रिक्समा आबद्ध देशहरू आफैँउपनिवेशवादी उत्पीडन भोगिसकेका देश भएकाले उपनिवेश हुनुको पीडा उनीहरूलाई थाहा छ । त्यो दुष्चक्रबाट संसारका गरिब देशलाई जोगाउन ब्रिक्स सहकार्यले नै अग्रसरता लिनुपर्छ ।

 

जसरी कोभिड–१९ महामारी सामनाको निम्ति संसारका देशहरूबीच बहुपक्षीय समन्वय र सहकार्य आवश्यक थियो, त्यसरी नै कोेभिड पछिको आर्थिक पुनःनिर्माणको निम्ति आपसी सहकार्य आवश्यक हुन्छ । तर, त्यो सहकार्य दोस्रो विश्व युद्धपछिको ब्रिटन उड सम्झौता जस्तो हुनुहुन्न जसले संसारमा एकथरी उपनिवेशवाद अन्त्य गरेर अर्को थरी उपनिवेशवाद लागू गरेको थियो जसलाई घानाका नेता क्वामे एनक्रुमाले ‘नवउपनिवेशवाद’ भनेका थिए ।

पश्चिमा देशहरूले स्वभावतः महामारीपछिको अवस्थालाई आफ्नो अर्को थरी उपनिवेशवाद बिस्तारको निम्ति उपयुक्त मौकाको रूपमा प्रयोग गर्न खोज्नेछन् । महामारीको कारण कमजोर बनेको गरिब देशको अवस्थाबाट फाइदा उठाउन उनीहरूले अनेक थरी जालझेल गर्नेछन् । तर, गरिब र कमजोर देशलाई नया“ जालोबाट जोगाउन भूमिका खेल्न सक्ने बहुपक्षीय संगठन ब्रिक्स हो ।

जुत्ता लगाउनेलाई थाहा हुन्छ, जुत्तामा कहा“ पोल्छ । ब्रिक्समा आबद्ध देशहरू आफैँ उपनिवेशवादी उत्पीडन भोगिसकेका देशहरू भएकोले उपनिवेश हुनुको पीडा उनीहरूलाई थाहा छ । त्यो दुष्चक्रबाट संसारका गरिब देशलाई जोगाउन ब्रिक्स सहकार्यले नै अग्रसरता लिनुपर्छ । ब्रिक्सअन्तर्गत स्थापना भएको बहुराष्ट्रिय बैड्ढ जस्तै न्यु डेभलपमेन्ट बैड्ढ (एनडीबी) मार्फत् ब्रिक्सले संसारका गरिब देशलाई कोभिड–१९ महामारी पछिको आर्थिक सड्ढटबाट जोगिन न्यायपूर्ण सहायता गर्नुपर्छ । तर, एनडीबी अर्को विश्व बैड्ढ वा अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) बन्नु हुन्न । 

तेह«ौं ब्रिक्स शिखर सम्मेलनको अर्को महत्वपूर्ण विषय अफगानिस्तानको पछिल्लो विकसित अवस्था हो । ब्रिक्सका पा“च देशहरूमध्ये तीन देशको सुरक्षा व्यवस्थास“ग अफगानिस्तानको पछिल्लो अवस्था प्रत्यक्ष रूपमा जोडिएको छ । रुस र चीनको अफगानिस्तानस“ग सीमा जोडिएको छ भने दक्षिण एसियाली देश हुनुको नाताले अफगानिस्तान भारतको पनि चासोको विषय बनेको छ । सन् २००१ मा आतड्ढवादविरोधी युद्धको नाममा अफगानिस्तानमाथि कब्जा गरेको बीस वर्ष पछि अमेरिका नेतृत्वको गठबन्धन सेनाले हठात् अफगान छोडे पछि अफगानिस्तानमा तालिवानकै सरकार बनेको छ । तालिवान सरकारबारे ब्रिक्सकै देशहरूबीच एकमत बनेको छैन । चीनले तालिवानस“ग सहकार्यको सड्ढेत गरेको छ । भारत र रुस भने अझै पनि पर्ख र हेरको रणनीतिमा छन् । अन्तर्राष्ट्रिय सम्बन्धमा राष्ट्रिय हितले प्रमुख भूमिका खेल्नु स्वाभाविक हो । ब्रिक्स देशहरू पनि आ-आफ्ना राष्ट्रिय हितअनुसार फरक फरक दृष्टिकोण राख्न स्वतन्त्र छन् ।

तर, आफ्नो राष्ट्रिय हितको निम्ति चालिएको कदमले अर्को देश वा अन्तर्राष्ट्रिय सुरक्षामा हानी पुग्नु हुन्न । अफगानिस्तानको विषयमा अहिले अन्तर्राष्ट्रिय समुदायमा देखापरेको फराकिलो मतलाई न्यूनतम एकमतमा ल्याउन ब्रिक्सले अहम् भूमिका खेल्न सक्छ किनभने ब्रिक्समा तीन महत्वपूर्ण सदस्य देशहरू नै अफगानिस्तानको विषयमा प्रमुख चासो राख्ने देशहरू हुन् । अमेरिकाले हठात् हात झिके पछि अफगानिस्तानमा विकसित नया“ राजनीतिक परिस्थितिलाई सही दिशामा हिँडाउन अन्तर्राष्ट्रिय समुदायको ठूलो भुमिका हुनेछ । त्यसको निम्ति ब्रिक्स महत्वपूर्ण माध्यम हुन सक्छ । 

तेह्राैँ ब्रिक्सको तेस्रो प्रमुख विषय ब्रिक्सको भविष्य अर्थात् आगामी दिनको सहकार्य र ऐक्यबद्धताको सम्बन्ध । यो वर्षको शिखर वार्ताको मुल नारा हो–ब्रिक्स १५ः निरन्तरता, सबलीकरण र सहमतिको लागि अन्तरब्रिक्स सहकार्य । बैठकको शुभारम्भ गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले निरन्तरता, सबलीकरण र सहमति नै ब्रिक्स साझेदारीका आधारभूत सिद्धान्त भएको बताए । ब्रिक्स स्थापना भएको यो वर्ष पन्ध्र पुगेको र तेह्राैँ सम्मेलनको आयोजना गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्दै उनले आगामी पन्ध्र वर्षमा ब्रिक्सले अझै ठूलो फड्को मार्ने बताए । चीनका राष्ट्रपति सी चिनफिङले व्यवहारिक सहकार्यको गुणस्तर अभिवृद्धि गर्न ब्रिक्स देशहरू प्रतिबद्धताका साथ एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए । 

शीतयुद्ध पछि बनेको एकध्रुवीय विश्वले अब बहुपक्षताको बाटो समातेको छ । सोभियत सङ्घको विघटनस“गै अमेरिकाले एकध्रुवीय प्रभुत्व जमायो । संसार वाशिङ्टनको ओभल हलमा भएको निर्णयअनुसार चल्यो । तर, त्यसरी गरिएका एकपक्षीय निर्णयले संसारको कल्याण गरेन । संसार फेरि पनि युद्ध, अशान्ति र अस्थीरताको जञ्जालमा फस्यो । मानिसले बनाएको चाहेको सुन्दर संसार बनेन । पृथ्वीको स्वास्थ्य क्रमशः खराब बन्दै गयो ।

त्यसकारण अब कुनै एउटा देशका शासकको चाहनाले मात्र संसार चल्ने युगको अन्त्य भएको छ । अब बहुपक्षीय ऐक्यबद्धता, परामर्श र सहकार्यको युग सुरु भएको छ । संसारका कुनै पनि साझा समस्या समाधानको निम्ति सबै देश र क्षेत्रबीच सहकार्य हुन अनिवार्य भएको छ । कसैले बन्द कोठामा गरेका निर्णयलाई संसारले मानिदिनुपर्ने समयको अन्त्य हुनुपर्छ । ब्रिक्स त्यस्तो बहुपक्षीय संगठन हो जसले एकपक्षताको सिक्री चुडाल्न सक्छ । अनि संसारलाई बहुपक्षताको बाटोमा डोर्‍याउन सक्छ । 

निःसन्देह ब्रिक्स देशहरूबीच मतभिन्नता र अन्तर नभएको होइन । निकै फराकिलो अन्तर र पुराना घाउहरू भएका देशहरू छन्- ब्रिक्समा । तर, समयको मागलाई बुझेर आफूलाई परिमार्जन गर्दै सिड्डो संसारको हितमा आफ्नो राष्ट्रिय हित देख्न सके ब्रिक्सले संसारलाई अरू धेरै ध्वंस र विग्रहबाट जोगाउन सकिन्छ ।



Author

थप समाचार
ad
x