विचार

युक्रेनको पक्षमा नेपालले दिएको दुई मिनेटको त्यो सशक्त वक्तव्य

इकागज |
फागुन १९, २०७८ बिहिवार २०:१३ बजे

युक्रेनमा जारी हिंसा र द्वन्द्वका कारण हाम्रो प्रतिनिधिमण्डल व्यथित छ । विश्वमा जहाँसुकै द्वन्द्व भएपनि त्यसले सबैतिर तनाब बढाउँछ । नेपाल शान्तिप्रेमी देश हो, हाम्रो माटोमा शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्म भएको थियो । 

शान्तिका मूल्य मान्यता, सामञ्जस्यता र शान्तिपूर्ण सहअस्तित्व हाम्रो जीवनशैलीमा निहीत रहेका कारण अत्यन्त मूल्यवान् छन् । 


संयुक्त राष्ट्रसंघको बडापत्रमा उल्लेखित विश्व शान्तिका मान्यताहरू, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान, सहिष्णुता हाम्रो परराष्ट्र नीतिका आधारभूत विशेषताहरू हुन् । युक्रेनविरुद्धको बल प्रयोग हाम्रा यी मूल्यमान्यता र सिद्धान्त विपरित छन् । 

नेपाल अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघीय बडापत्रको सिद्धान्तको उल्लंघनको विपक्षमा छ । 

शान्ति स्थापना तथा यसको स्थायित्वका लागि कूटनीति र संवादको विकल्प छैन । नेपाल रुस र युक्रेनबीच दोस्रो चरणको वार्तालाई स्वागत गर्दछ । हामी दुवै पक्षलाई पूर्ण इमानदारी र निष्ठाका साथ निरन्तर वार्ताका माध्यमबाट शान्तिपूर्ण तवरबाट द्वन्द्वको अन्त्य गर्दै दुवै देश र युरोपमामा शान्तिका लागि स्थायी प्रकृतिको राजनीतिक समाधान खोज्न आग्रह गर्दछौं । 

नेपालको आधारभूत मान्यता अनुसार, अन्तर्राष्ट्रिय कानुन, नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था तथा संयुक्त राष्ट्रसंघको बडापत्रका आधारमा सबै देशहरूको सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राजनीतिक स्वायत्तताका लागि हाम्रो प्रतिनिधिमण्डलले मस्यौदा संकल्प प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । 

(संयुक्त राष्ट्रसंघका लागि नेपाली राजदूत अमृतबहादुर राईद्वारा मार्च १ मा संयुक्त राष्ट्रसंघको महासभाको विशेष सत्रमा व्यक्त मन्तव्य) 


Author

थप समाचार
x