विचार

छोरीलाई चिठी

तिमीले सोधेकी थियौ- उनीहरू को थिए, कसरी राजा भए ?

जवाहरलाल नेहरु |
फागुन २७, २०७८ शुक्रबार १२:३० बजे

मलाई चिन्ता लागिरहेछ किनभने मेरा चिठीहरू अलि जटिल हुँदैछन् । तर जीवन जो हामी हाम्रो वरपर देख्छौँ यो आफैंमा धेरै जटिल छ । पुराना दिनहरूमा यो अत्यन्त सरल थियो, तर त्यतिबेला हामी यो जटिलता कहाँनेरबाट प्रारम्भ भयो, त्यसको लेखाजोखा गर्दैनथ्यौँ । यदि हामीले हाम्रो जिज्ञासालाई सुस्तरी पछ्याउँदै गयौँ भने जीवनमा तथा समाजमा आएको परिवर्तन बुझ्ने प्रयास गर्यौं भने हामी आजका धेरै कुरा सहजै बुझ्न पाउँछौं । 

यदि हामी त्यो गर्ने प्रयास गर्दैनौं भने हामी कहिल्यै पनि हाम्रो वरिपरि जे भइरहन्छ, बुझ्न समर्थ हुनेछैनौं । हामी घना जङ्गलमा हराएको बच्चा जस्तो हुनेछौँ । यही कारणले गर्दा म तिमीलाई जङ्गलको छेउबाट पछाडि फर्काउँदै छु ता कि तिमी यसबाट पार हुने एउटा बाटो पत्ता लगाउन सक ।


तिमी सम्झन्छौ होला कि मसुरीमा तिमीले मलाई राजाको बारेमा सोधेकी थियौँ, उनीहरू के थिए र किन उनीहरू राजा भए ? हामी अब यो धेरै अघि बितेका दिन जब राजाको सुरुवात कसरी भयो भन्‍नेतर्फ एक नजर लगाउँछौँ । सुरुमा उनीहरूलाई राजा भनिन्‍न । तर यदि हामी उनीहरूको बारेमा केही कुरा थाह पाउन चाहन्छौँ भने हामीले राजाको उत्पत्तिबारे जान्‍नै पर्दछ ।

मैले तिमीलाई भनिसकेको छु कि कबिलाहरूको निर्माण कसरी भयो ? कृषिको सुरुवात भएपछि जब कार्य वा श्रम विभाजन प्रारम्भ भयो तब कबिलामा कामलाई व्यवस्थित गर्नका लागि कोही मानिसको आवश्यकता भयो । यो भन्दा अघि पनि कबिलाहरूले अर्को कबिलासँगको लडाइँमा नेतृत्व गर्ने मानिस चाहेका थिए ।

नाइके वा अगुवा चाहिँ जहिले पनि पाको मान्छे हुन्थ्यो । उसलाई अब हामी, पुरुष प्रमुख र अरू कबिलाहरूमा रहेका मानिसभन्दा खासै भिन्‍न थिएन । ऊ अरू सँगसँगै काम गर्दथ्यो र जति पनि खाने कुरा उत्पादन हुन्थ्यो त्यो कबिलाका सबै सदस्यहरूमा बराबर बाँडिन्थ्यो । प्रत्येक चिज कबिलाको अधीनमा रहन्थ्यो । यो आज हामीकहाँ भए जस्तो थिएन । 

जसरी आज हरेकसँग अलग घर, छुट्टै सम्पत्ति र अन्य कुरा छन् । जे कुनै मानिसले कमाउँथ्यो, प्राप्त गर्दथ्यो, त्यो सबै कबिलाको मातहतमै सबैमा बाँडिन्थ्यो । कबिलाको प्रमुख वा सङ्गठकले नै विभाजन गर्दथ्यो । तर बिस्तारै यसमा परिवर्तन आयो, नयाँ काम आए । विशेष गरी कृषिका सन्दर्भमा र प्रमुखले आफ्नो धेरै समय सङ्गठित गर्ने, यसको रेखदेख गर्ने कबिलाका सबै सदस्यहरूले राम्ररी गरेका छन्, छैनन्, बिस्तार बिस्तारै प्रमुखले जनताको साधारण काम तथा श्रम गर्न छोड्यो । 

यसरी ऊ अरूबाट र बाँकी जनताबाट एकदमै भिन्‍न हुन पुग्यो । अहिले हामी अर्कै किसिमको काम वा श्रम विभाजन देख्दछौँ । जो प्रमुख छ ऊ जनतालाई सङ्गठन गर्ने र आदेश दिने काम गरिरहेछ र अरू मानिसहरू खेतमा काम गर्ने, सिकार गर्ने, लडाइँमा जाने, आफ्नो नेताका आदेश मान्‍ने । 

जीवन जो हामी हाम्रो वरपर देख्छौँ यो आफैंमा धेरै जटिल छ । पुराना दिनहरूमा यो अत्यन्त सरल थियो, तर त्यतिबेला हामी यो जटिलता कहाँनेरबाट प्रारम्भ भयो, त्यसको लेखाजोखा गर्दैनथ्यौँ ।

यदि दुई कबिलाबीचमा लडाइँ भयो भने त्यो प्रमुख अझ बढी शक्तिशाली हुन्थ्यो । किनकि लडाइँको समयमा नेतृत्वविना लडाइँ असम्भव हुन्थ्यो त्यसैले गर्दा प्रमुख शक्तिशाली बन्दथ्यो । जब साङ्गठनिक काम बढ्दै गयो तब प्रमुख स्वयंले नै यो सबै गरेन । उसले आफ्नो मद्दतका लागि अरू मानिसलाई छान्यो । जसले गर्दा हामीसँग धेरै सङ्गठक (व्यवस्थापक) भए तर प्रमुख भने पितृसत्ता नै हुन्थ्यो ।

यसरी कबिला व्यवस्थापक र सामान्य कामदारमा विभाजित भयो । मानिसहरू अब लगभग समान भन्‍ने रहेनन् । केही मानिस जो व्यवस्थापक थिए उनीहरूको अरू जो सामान्य कामदार थिए उनीहरूमाथि हुकुम चल्थ्यो । पितृसत्ता कसरी विकसित हुँदै गयो हामी पछिल्लो पत्रमा चर्चा गर्नेर्छौं ।

(नेहरुले आफ्नी छोरी इन्दिराका लागि लेखेका चिठी चर्चित छन् । आफ्नी १० वर्षकी छोरी मसुरीमा रहेका बेला उनी छोरीलाई चिठी लेख्थे । यो आजभन्दा ९४ वर्ष पहिलेको सन्दर्भ हो । अनुवादित चिठी ।)


Author

थप समाचार
x