पर्यटन

मन्त्री आलेकाे गुनासाे : अर्थमन्त्रीले हाम्राे मन्त्रालयकाे साढे १० अर्ब बजेट कटौति गरिदिनु भयाे

इकागज |
असार १, २०७९ बुधबार १५:५३ बजे

फाइल तस्बिर

काठमाडाैँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्रालयको साढे १० अर्ब रुपैयाँ बजेट कटौती गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्मासँग गुनासो गरेका  छन् । 

बुधबार विनियोजन बजेटमाथि सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री आलेले पटक-पटक आग्रह गर्दा पनि अर्थमन्त्री शर्माले सो बजेट कटौती गरिदिँदा कतिपय स्थानीय तहसँग गरिएको साझेदारी कार्यक्रम पनि स्थगन गर्नुपर्दा आफूलाई अति दुःख लागेको प्रतिक्रिया समेत दिए । उनले बजेटको आकार भने नौं दशमलव ८ प्रतिशत बढने तर आफ्नो मन्त्रालयको बजेट भने ठूलो मात्रामा कटौति भएकै कारण पर्यटक भित्र्याउने कतिपय कार्यक्रमहरुलाई निरन्तरता दिन नसकिएको स्पष्ट पारे ।


उनले भने, 'अर्थ मन्त्रालयले बजेट कटौति गरेका कारण माननीयज्यूहरुको निर्वाचन क्षेत्रमा रहेका आयोजनाहरुलाई निरन्तरता दिन नसकेको विषयलाई मैले सहज रुपमा लिएको छु ।'

मन्त्री आलेले ६ महिनाभित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्‍न गरिसक्ने पनि बताए ।  


Author

थप समाचार
x