पर्यटन

पोखराबाट प्याराग्लाइडिङको विकल्प खोज्‍न प्रदेश सरकारको चासो

इकागज |
असार २, २०७९ बिहीबार १९:५८ बजे

पोखरा -  गण्डकी प्रदेश सरकारले प्याराग्लाइडिङको वैकल्पिक स्थानको खोजी गर्न चासो देखाएको छ । अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि पोखराबाट प्याराग्लाइडिङ विस्थापित हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

यद्यपि यहाँका व्यवसायीहरूले पोखरामै उड्ने व्यवस्था मिलाइदिन आग्रह गरिरहेका छन् । प्रदेश सरकारले भने बजेट वक्तव्यबाटै पोखराबाट प्याराग्लाइडिङको वैकल्पिक विस्थापनको खोजी गर्न बजेट छुट्याएको छ ।


यद्यपि बजेट रकम भने खुलेको छैन । अर्थमन्त्री रामजी बरालले प्याराग्लाइडिङको वैकल्पिक स्थानको खोजी गर्न बजेट विनियोजन गरेको बताए । सरकारले यसपालि पर्यटनलाई चासोका साथ बजेट विनियोजन गरेको छ । 

होमस्टे प्रवर्द्धनदेखि साहसिक पर्यटनसम्म चासो दिइएको छ । प्रदेशभित्र क्यानोनिङ, क्यानोपी वाकिङ, जलयात्रा, जीपनलाई, बञ्जीजम्प, बीच टुरिजम तथा वाईल्ड लाइफ टुरिजमजस्ता साहसिक पर्यटन प्रवर्द्धनका लागि सम्भाव्यता अध्ययन गर्न आवश्यक रकम विनियोजन भएको बरालले जानकारी दिए ।


Author

थप समाचार
x