पर्यटन

थप १७५ हिमालको व्यवस्थापनको जिम्मा दिन माग

इकागज |
असार १४, २०७९ मंगलबार २१:४० बजे

काठमाडौँ- नेपाल पर्वतारोहण संघले थप १७५ वटा हिमालको व्यवस्थापनको जिम्मा दिन सरकार समक्ष माग गरेको छ । स‍ंघले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग संघ भेट गरी उक्त माग गरेको हो । सं‍घका अध्यक्ष निमानुरु शेर्पा नेतृत्वको टोलीले चुली व्यवस्थापनसहित तीन बुँदे मागपत्र प्रधानमन्त्री समक्ष पेश गरे । 

संघले गरेका कामको प्रशंसा गर्दै मागप्रति प्रधानमन्त्री सकारात्मक रहेकाे संघका अध्यक्ष शेर्पाले जानकारी दिए । संघले यी चुलीको व्यवस्थापनको जिम्मा दिएमा पर्वतारोहणमा जोडिएका अन्तर्राष्ट्रिय संस्थामार्फत हिमालको प्रचार बढ्ने र यसले नेपालको पर्वतारोहण पर्यटनको विकासमा सहयोग मिल्ने जनाएको छ । 


संघले विसं २०७५ देखि पाँच वर्षका लागि २७ हिमालको व्यवस्थापन गर्दै आएको छ । यसबाट संकलित सलामी दस्तुरमध्ये ४५ प्रतिशत संघ र ५५ प्रतिशत सरकारले बाँडफाँट गर्दै आएका छन् । यी हिमाल पुनः पाँच वर्षको नवीकरण गर्न संघले प्रधानमन्त्री समक्ष माग गरेको छ । संघले आरोहीको कल्याणमा खर्च गर्ने गरी कोष खडा गरिदिन सरकारसँग आग्रह गरेको छ ।


Author

थप समाचार
x