पर्यटन

कुन गाडी विमानस्थलभित्र जान पाउने निर्क्योल गर्न पर्यटनमन्त्रीको निर्देशन

इकागज |
चैत २२, २०७७ आइतबार १९:१३ बजे

काठमाडौँ  : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाजको ढोकैसम्म कसकसको कार्गेट/गाडी लैजान पाउने भन्ने मापदण्ड बनाउन निर्देशन दिएका छन् ।  अहिलेसम्म राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रधान सेनापतिलगायतले स्वदेश/विदेश भ्रमण गर्दा जहाजसम्म कार्गेट/गाडी लैजाने गरेका छन् । कतिपय अवस्थामा उपप्रधानमन्त्री, मन्त्रीहरूलेसमेत प्रयोग गरेको पाइन्छ ।  

आइतबार त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन गर्दै मन्त्री ढकालले विमानस्थलको सरसफाईलाई विशेष ध्यान दिन पनि निर्देशन दिए । विमानस्थलमा अनावश्यक सामाग्रीहरु पनि यत्रतत्र छरिएर रहेको भन्दै चुस्त दुरुस्त पार्न गर्न विमानस्थल व्यवस्थापनलाई निर्देशन दिए ।  


विमानस्थलको सरसफाइका निम्ति आवश्यक कर्मचारी भए पनि सरसफाई नभएको भन्दै उनले आपत्ति जनाए । मन्त्री ढकालले विशिष्ट व्यक्तिहरुको गाडी हवाइजहाजको ढोकैसम्म पुग्ने गरेको भन्दै निश्चित मापदण्ड बनाइ क–कसको गाडी विमानस्थलभित्र जान पाउने निर्क्योल गर्नुपर्ने आवश्यकता रहेको बताए । 
 
  


Author

थप समाचार
x