पर्यटन

पाकिस्तानको नंगा पर्वत आरोहण गर्ने पहिलो नेपाली महिला बनिन् पासाङ ल्हामू शेर्पा

इकागज |
असार २०, २०७९ सोमबार १३:७ बजे

फाइल तस्बिर

काठमाडौँ – पासाङ ल्हामू शेर्पा अकिता पाकिस्तानको नंगा पर्वत (हिमाल) आरोहण गर्ने पहिलो नेपाली महिला आरोही बनेकी छन् । ८ हजार १ सय २६ मिटरको नंगा पर्वत विश्वको नवौँ उच्च हिमाल हो । 

आरोहण आयोजक पायोनियर एडभेन्चर्सलाई उदृत गर्दै एभरेष्ट क्रोनिकल्सले जनाए अनुसार पासाङले जुलाई १ मा नंगा पर्वत आरोहण गरेकी हुन् । पासाङले ८ हजारमाथिका १४ मध्ये ८ हिमाल आरोहण गरिसकेकी छन् ।


अकिताले यस अघि सन् २०१४ मा केटु हिमालको आरोहण गरेकी थिइन् । सन् २०१६ मा उनले नेसनल जियोग्राफी पिपल्स च्वाइस अवार्डसमेत जितेकी थिइन् ।
 


Author

थप समाचार
x