पर्यटन

चन्द्रागिरि हिल्सले भन्यो–केबलकारमा कुनै समस्या छैन

इकागज |
साउन १३, २०७९ शुक्रबार १५:५ बजे

फाइल तस्वीर

काठमाडौं– चन्द्रागिरि हिल्स लिमिटेडले चन्द्रागिरिमा सञ्चालित केबलकारमा कुनै पनि प्राविधिक समस्या नभएको जनाएको छ । लिमिटेडले शुक्रबार चन्द्रागिरिमा पत्रकार सम्मेलन गर्दै चन्द्रागिरि हिल्सले कहिलेकाही बिधुत आपूर्तिमा समस्या हुँदा केबलकार रोकिने गरेको भन्दै केबलकारमा कुनै पनि प्राविधिक समस्या नभएको जनाएको हो । 

पत्रकार सम्मेलनमा चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्र ढकालले चन्द्रागिरि केबलकारमा कहिलेकाहीँ बिद्युत आपूर्ति बन्द हुँदा र टेक्नोलोजीको हिसाबले केही समय रोकिने जानकारी दिदै केही समस्या आएमा तत्कालै समस्या समाधान गर्ने गरिएको बताए । उक्त समस्या केवलकारको समस्या नभएर बिद्युतका कारण समस्या भएको उनको भनाइ छ । ढकालले प्राविधिक समस्यामा बारेमा बुझाई फरक पर्दा चन्द्रागिरि केवलकारका बारेमा भ्रम सिर्जना भएको जिकिर गरे। केहि कारणले बीचमा नै केवरकार रोकिए यात्रुको स्वास्थ्यमा कुनै असर नपर्ने उनले बताए ।


चन्द्रागिरि हिल्स लिमिटेडले विद्युत्, जेनेटर र इमरजेन्सी ड्राइभबाट केबलकार सञ्चालन गर्ने गरेको र केहि कारणले केबलकार सञ्चालनमा नै आउन नसके मन्दिरमा रहेका व्यक्तिहरुलाई सडकमार्गबाट ल्याउने व्यवस्था पनि गरिएको जनाएको छ ।
 


Author

थप समाचार
x