पर्यटन

नेपालमा गैंडाको संख्या बढेर ७५२ पुग्यो

इकागज |
चैत २८, २०७७ शनिवार १९:३६ बजे

काठमाडौँ : नेपालमा गैंडाको संख्या बढेको छ । राष्ट्रिय गैंडा गणना २०७७ अनुसार नेपालमा १०७ गैंडाको संख्या बढेको हो । सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा ६९४ गैंडा छन् । यस्तै पर्सा राष्ट्रिय निकुञ्जमा तीन, बर्दिया राष्ट्रिय निकुञ्जमा ३८, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ गरी नेपालमा ७५२ वटा गैंडा रहेका छन् ।

यसमध्ये १३६ वटा बच्चा छन् भने ९६ अर्ध वयस्क र ५२० वटा वयस्क गैंडा छन् । सन् २०१५ मा भएको गणनामा नेपालमा ६४५ गैंडा थिए । 



Author

थप समाचार
x