पर्यटन

टानको अध्यक्षमा बाँस्तोला

इकागज |
साउन ३१, २०७९ मगलवार १४:४२ बजे

काठमाडौं– पर्वतीय पर्यटन व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को अध्यक्ष पदमा निलहरी बाँस्तोला विजयी भएका छन् । 
गए राति सम्पन्न टानको ४४औँ वार्षिक साधारणसभाबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् । 

उनले ६१६ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी रामप्रसाद सापकोटाले २६४ मत प्राप्त गरेका थिए । अध्यक्षका प्रतिस्पर्धी  बाँस्तोलाको प्यानल नै विजयी भएको निर्वाचन समितिले जानकारी गराएको छ ।  


समितिका अनुसार टानको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रदीप पण्डित, द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा (बाबु), सचिवमा होमनाथ भट्टराई र कोषाध्यक्षमा पुरुषोत्तम तिमिल्सिना र  सहकोषाध्यक्षमा छिङ दोर्शी शेर्पा विजयी भएका छन् । 

महिला सदस्यमा सजना त्रिपाठी, खुल्ला सदस्यहरुमा रामप्रसाद बञ्जारा, राजु अर्याल, गणेश बहादुर अधिकारी, कुमार लामा, नविनाथ देवकोटा, सुवास भण्डारी, लाक्पा दोर्जे शेर्पा र कृष्णबहादुर परियार निर्वाचित भएको टान निर्वाचन समितिले जनाएको छ । 

टानका नवनिर्वाचित अध्यक्ष बास्तोलाले टानलाई व्यवसायीको साझा संस्थाको रुपमा स्थापित गर्न सरोकारवालासँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। 
उनले निर्वाचनका दौरानमा प्रस्तुत गरिएको २० बुँदे घोषणापत्र कार्यान्वयनका लागि प्राथमिकताका साथ लाग्ने विश्वास व्यक्त गरेका छन् । टानलाई समयसापेक्ष बनाउँदै सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाएर व्यवसायीको समस्यालाई सम्बोधन गर्ने उनको भनाइ छ ।  

अध्यक्ष बाँस्तोलाले कोभिडबाट शिथिल बनेको मुलुकको पर्यटन पुनरुत्थानका लागि सरकार तथा निजी क्षेत्रले सहकार्य गरेर पर्यटन क्षेत्रमा सकारात्मक उत्साह जगाउने कार्यमा लाग्ने बताए ।

टानको निर्वाचनमा अध्यक्ष, पदाधिकारी र सदस्य गरी कुल २५ सदस्यीय कार्य समितिमध्ये १७ निर्वाचित र बाँकी सदस्य मनोनीत गरिने बताइएको छ । 
 


Author

थप समाचार
x