पर्यटन

मुगुमा नियमित उडान भर्न सरोकारवाला निकायको जोड

इकागज |
असोज १३, २०७९ बिहिवार १८:१८ बजे

मुगु-  मुगुमा नियमित उडान भर्न सरोकारवाला निकायले जोड गरेका छन् । कर्णालीका हिमाली जिल्लामा उडान छाडेर निजी कम्पनीका जहाजहरू पर्यटक बोक्न पूर्वतिर लागेपछि मुगुसहित अन्य जिल्लाका यात्रु अलपत्र परेका छन् ।  

बिहीबार जिल्ला प्रशासन कार्यालय मुगुमा बसेको राजनीतिक दलका प्रतिनिधि र जहाजका कर्मचारीबीचको छलफलले आगामी दिनमा नियमित उडान भर्ने सहमति भएको छ । मुगुमा तारा, समिट, सीता एयरलाइन्सका जहाजहरू दसैंको बेला पर्यटक ओसार्न पूर्व तिर जोमसोम, पोखरा गएपछि मुगु , जुम्ला, डोल्पा, हुम्ला जिल्लाका यात्रु अलपत्र परेका हुन् ।  


नेपालीहरूको महान् चाडपर्वको समयमा मुगुमा नियमित उडान भर्न र यात्रुको सास्तीलाई मध्यनजर गर्दै आज प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतमार्फत ध्यानाकर्षण पत्र बुझाएको नेपाली कांग्रेस मुगुका पार्टी सचिव लोकेन्द्र बहादुर मल्लले बताए । 

मुगुमा आइतबार र सोमबार तारा एयरले उडान भर्ने गरेको छ भने त्यस्तै आइतबार, मंगलबार नेपाल एरलायन्स, आइतबार , बिहीबार , शनिबार सीता र आइतबार, बुधबार , शुक्रबार समिट एयरले उडान भर्ने तालिका रहेको छ ।


Author

थप समाचार
x