पर्यटन

बुद्ध एयरको एटीआर-७२ ले सुर्खेत उडान भर्ने

इकागज |
मंसिर २१, २०७९ बुधवार १४:३१ बजे

काठमाडौँ- सुर्खेतका लागि पौष १ गतेदेखि बुद्ध एयरको एटीआर-७२ ले दैनिक उडान भर्ने भएको छ । काठमाडौँबाट बिहान १०:०० र ११:३५ बजे सुर्खेतबाट काठमाडौँका लागि उडान गर्ने भएको हाे ।

बुद्ध एयरका अनुसार हाल सोही गन्तव्यबाट एटीआर-४२ ले उडान भर्दै आएको छ । बुद्ध एयरले यात्रुहरूको माग र सुविधाका लागि यस गन्तव्यमा एटीआर-७२ उडान भर्न लागेको जनाएको छ ।


यस उडानबाट यात्रुहरूले अधिक मात्रा सेवा-सुविधा लिने बुद्ध एयरले विश्वास लिएको छ । यात्रुको अधिक माग बढेकाले सोही गन्तव्यमा उडान भर्ने एटीआर-४२ सँग सिट क्षमता कम भएकाले यात्रुको मागअनुसार एटीआर-७२ थप गरिएको बुद्ध एयरले बताएको छ ।

सानो जहाज सञ्चालनमा खर्च पनि बढी हुँदा यसको प्रत्यक्ष प्रभाव परेको एयरले विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ ।

'एटीआर-७२ बाट उडान गर्दा यात्रु सिट संख्या र सञ्चालन खर्च कम हुने हुँदा यसको प्रत्यक्ष लाभान्वित यात्रुहरूले पाउनेछन्,' विज्ञप्तिमा लेखिएको छ, 'यस गन्तव्यमा भाडादर ७ हजारबाट सुरु हुने र मागअनुसार दैनिक २ उडान भर्नेछ ।'

 

 

  

 

 


Author

थप समाचार
x