पर्यटन

ठमेलमा भोलि साँझ ७ देखि बिहान ५ बजेसम्म सवारीसाधन प्रवेश निषेध

इकागज |
पुस ८, २०७९ शुक्रबार २०:४९ बजे

काठमाडौँ- ठमेल क्षेत्रमा भोलि (शनिबार) साँझ ७ देखि बिहान ५ बजेसम्म सवारीसाधनको प्रवेशमा निषेध गरिएको छ । ठमेल पर्यटन विकास परिषदका अनुसार क्रिश्चियन धर्मावलम्बीहरूको 'क्रिसमस इभ'मा ठमेलमा बाह्य तथा आन्तरिक पर्यटकको चाप बढ्ने भएकाले सवारी निषेध गरिएको हो ।

विकास परिषदका अध्यक्ष भविश्वर शर्माले स्वदेशी तथा विदेशी पर्यटकको आवतजावतलाई सहज बनाउन सवारीसाधनको प्रवेशमा रोक लगाइएको बताए ।


प्रहरी वृत्त लैनचोर, ट्राफिक प्रहरी प्रभाग ठमेल तथा ठमेल पर्यटन परिषदद्वारा साँझ ७ देखि बिहान ५ बजेसम्म सवारीसाधनको प्रवेशमा रोक लगाइएको शर्माले जानकारी दिए ।

उनले भने, 'ठमेल क्षेत्रका सम्पूर्ण घरधनी र व्यवसायीहरूलाई पनि भोलि साँझदेखि सवारीसाधनमा रोक लगाइएको जानकारी गराएका छौं ।'


Author

थप समाचार
x