पर्यटन

जुम्ला धावनमार्गको हिउँ पन्छाएपछि हवाई सेवा सुचारु

इकागज |
माघ १४, २०७९ शनिबार १३:५९ बजे

जुम्ला- जुम्ला विमानस्थलमा धावन मार्गको हिउँ  पञ्छाएपछि हवाई सेवा सुचारु भएको छ ।
लगातारको हिउँले धावन मार्गमा नै जहाज बस्न कठिन भएको थियो । बिहीबार बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरीले धावन मार्ग सफा गरेपछि हवाई सेवा सुचारु भएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण जुम्लाका अनुसार हिउँ पञ्छाएपछि दुई वटा उडान भएका छन् । नागरिक उड्डयन प्राधिकरण जुम्लाका निमित्त प्रमुख राजिव श्रेष्ठका अनुसार  हिउँ सफा गरेसँगै हवाईसेवा सुचारु भएको हो । उनका अनुसार जहाज आएपछि तीन दिनदेखि थन्किएका यात्रुहरु आवत जावत हुन थालेका छन् । बिहीबार विमानस्थल सफाई गरेपछि समिट एयर र तारा एयरले जुम्लामा उडान भरेका छन् ।


त्यस्तै धावन मार्गमा हिउँ जमेपछि बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले धावनमार्गमा हिउँ फाल्ने काम गरेको थियो । नेपाली सेना २४ नम्बर बाहिनीका बाहिनीपति सोवेन्द्रसिंह महत, नन्दावक्स गणका गणपति रविन थापा बिहानैदेखि जुम्ला विमानस्थलको धावनमार्ग खुलाउन खटिएका थिए । तीन दिनदेखि हिउँ परेर नेपालगञ्जमा जुम्ला आउने यात्रुहरु अलपत्र अवस्थामा थिए । 


Author

थप समाचार
x