पर्यटन

नेपालको हवाई क्षेत्र थप सुरक्षित बनाउन रणनीति तयार गर्दै प्राधिकरण

वायुसेवा कम्पनीले पुराना गन्तव्यमा फर्कन नयाँ चालक दलको व्यवस्था गर्नुपर्ने

इकागज |
माघ १७, २०७९ मंगलबार २०:३८ बजे

काठमाडौँ- नेपाल नागरिक उड्डय प्राधिकरणले हवाई उड्डयन क्षेत्रलाई सुरक्षित थप रणनीति बनाउने तयारी गरेको छ । नेपालको उडान क्षेत्रलाई सुरक्षित बनाउन अद्यावधिक गरी प्राधिकरणले थप सुदृढीकरण गर्न लागेको हो ।

पछिल्लो समय प्राधिकरणले बढ्दो हवाई दुर्घटनालाई नियन्त्रण गर्न अझ सुरक्षित बनाउन विभिन्न विज्ञ तथा सरोकारवाला समूहसँग छलफल गरेको छ ।


अबदेखि आन्तरिक उडान भर्दा हवाईजहाजले दुर्गमका विमानस्थलमा पाँच सय फिट भन्दा तल आएर टर्निङ लिन नपाइने प्राधिकरणका उपप्रबन्धक ज्ञानेन्द्र भुलले जानकारी दिए ।  सुगम स्थानका विमानस्थलमा हजार फिट भन्दा तल आएर टर्निङ गर्न नपाइने उनले बताए ।

उनका अनुसार आइएफआर उडान मात्र गर्न पाउने भएका छन् । आइएफआर उडान यान्त्रिक उपकरणको सहयोगमा हुने उडान हो । विमानस्थलमा भिएफआर प्रणालीबाट उडान तथा अवतरण हुने गर्छ ।

कन्ट्रोल एरीड्रोममा उडान गर्ने वायुयानहरू बाहेक अन्यले आइएफआर उडान भर्न पाउने भुलले बताए । 'आन्तरिक उडान सेवा कम्पनीले पाइलटको सीप सम्बन्धित परीक्षण व्यवस्था निर्माता कम्पनीले गर्नुपर्ने व्यवस्था लागू गरिन्छ,' उनले भने ।

पाइलटको थकानले हुने जोखिम न्यूनीकरण गर्न पनि थप नयाँ व्यवस्था गरेको छ । गन्तव्यमा पुगेका चालक दलले पुनः सोही उडान पुरानो गन्तव्यमा ल्याउन नपाउने भएका छन् ।

'उडान भरेको स्थानदेखि अबदेखि सोही गन्तव्यमा फर्कन नयाँ चालक दलको व्यवस्था गर्नुपर्छ,' भुलले थपे, 'पुराना चालकका ठाउँमा नयाँ चालक दलको व्यवस्था गर्नुपर्छ । पुराना चालक दलले पुरानै गन्तव्यमा ल्याउन पाउँदैनन् ।'

विमानस्थलको उडान समयलाई घटाएर ८ घण्टामा झारिने भुलको भनाइ छ । प्रतिदिन ८ उडान र अवतरण गरिने व्यवस्था मिलाइने उनले प्रस्ट पारे । मुलुकमा हरेकपटक विमान दुर्घटना भएपछि प्राधिकरणले नयाँ रणनीति बनाउन खोजेको भन्ने आरोपलाई चिर्दै नियमित रणनीति लागू गर्न लागिएको उनको भनाइ छ ।

विमान दुर्घटना नभए पनि प्राधिकरणले उडान क्षेत्रलाई सुरक्षितलाई बनाउन निरन्तर लागिरहेको उनले बताए ।


Author

थप समाचार
x