पर्यटन

जनवरीमा नेपालमा कति पर्यटक कुन-कुन देशबाट भित्रिए?

इकागज |
माघ १८, २०७९ बुधबार १९:४३ बजे

काठमाडौँ- अंग्रेजी महिनाको जनवरीमा नेपालमा ५५ हजार ७४ जना विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार जनवरी २०२३ मा ५५ हजार ७४ जना पर्यटक नेपाल आएका हुन् । 

बोर्डका अनुसार सन् २०२२ को जनवरीमा १६ हजार ४३६ जना पर्यटक आएका थिए । सन् २०२१ मा मात्र ८ हजार ६७४ जना पर्यटक यस महिनामा आएका थिए । सन् २०२० को जनवरीमा भने ७९ हजार ७०२ र सन् २०१९ को जनवरीमा ८१ हजार २७३ जना पर्यटक आएका थिए । 


कुन मुलुकबाट कति भित्रिए ?

  • भारत : १६,४३६
  • अमेरिका : ६,५६१
  • अष्ट्रेलिया ; ३,४४१
  • बंगलादेश : २,४६८
  • क्यानडा   : १,००१
  • चीन        :१, ४३६
  • बेलायत   : ३,४५८
  • रसिया    : ६०८  


Author

थप समाचार
x