पर्यटन

किरातीले विमानमा यात्रुलाई अभद्र व्यवहार गर्ने कर्मचारीलाई गरे कारबाही

इकागज |
जेठ १८, २०८० बिहिवार १५:३१ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाल वायुसेवा निगमले यात्रुमाथि अभद्र व्यवहार गरेको भन्दै आफ्नो कर्मचारीलाई कारबाही गरेको छ । बुधबार काठमाडौँबाट ताप्लेजुङ जान निगमको टिकट काटेका यात्रुलाई कर्मचारी गगनबहादुर चन्दले विमानको ढोकाबाट फर्काएका थिए । यात्रुलाई सिस्टममा नाम नभएको भनी घर फर्काएका थिए उनले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले निगमका सम्बन्धित कर्मचारी गगन ब चन्द युनिट ईन्चार्जलाई सोधपुछ गर्दा चित्तबुझ्दो जवाफ नआएको हुँदा चन्दलाई कारबाही गरिएको जानकारी दिएका छन् ।  निजलाई कारवाहीस्वरुप काठमाडौँबाट ताप्लेजुङ विमानस्थलमा सरुवा गरि थप अनुसन्धान गरिरहेको उनले बताएका छन् ।


‘जेठ १७ काठमाडौंबाट ताप्लेजुङ उडानका लागि नेपाल वायुसेवा निगमको टिकट काटी बोर्डिङ पास समेत लिएर विमानस्थल भित्र जहाजको ढोकामा पुगेका बृद्ध ठाकुरसिंह भण्डारीलाई विमानस्थलबाट सिस्टममा नाम नभएको भनि घर फर्काइएको घटनापछि यस बारेमा गुनासो आएको थियो,’ उनले फेसबुकमा लेखेका छन् ।

 


Author

थप समाचार
x