पर्यटन

हेलि एभरेष्टका ३ डाइरेक्टरले गरे सगरमाथा आरोहण

इकागज |
जेठ १, २०७८ शनिबार १७:५२ बजे

काठमाडौँ : हेलि एभरेष्टका तीन जना डाइरेक्टरहरुले सगरमाथा आरोहण गरेका छन् । मार्केटिङ डाइरेक्टर टसि लाक्पा शेर्पा, अप्रेशन डाइरेक्टर एवं पाइलट कृष्णप्रसाद गौचन (सोवित) र प्रमोसन डाइरेक्टर फुर्वा छिरिङ शेर्पाले बैशाख १८ गते बिहान ७ बजे ८ हजार ८ सय ४८.८६ मिटरमा पाइला राखेका हुन् ।

हेलि एभरेष्टका प्रबन्ध निर्देशक फुरगेल्जे शेर्पा(फुर्वा)ले विज्ञप्ती जारी तीन जना डाइरेक्टरहरूले एक साथ सगरमाथा हिमालको सफल आरोहण गरेकोमा खुसी व्यक्त गरेका छन् ।


हिमाल आरोहणले हेलिकप्टर परिवार धेरै खुसी भएको र उनिहरूको उज्वल भविष्यको कामना समेत गरेका छन् । आरोहणमा सहभागि मध्यका टसि लाक्पाले विश्वभर रहेका ८ हजार भन्दामाथिका सबै हिमालहरू तीन जना दाजुभाईले एक साथ आरोहण गरी गिनिज बुकमा नाम लेखाइसकेका छन् । यस्तै सोवित पहिलो पाइलट आरोही बनेका छन् । यस्तै फुर्वा छिरिङ युवा पर्यटन व्यवसायी हुन् ।


Author

थप समाचार
x